मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

खाँचीकोट दरबारमा 'सराएँ नाच' मार्फत हिन्दु संस्कृति र जातीय सद्भावको जगेर्ना

Ujyalosandeshonline 11540+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

अर्घाखाँची । अर्घाखाँचीको खाँचीकोट दरबार र शक्तिपीठहरूमा आज त्रयोदशीका दिन मौलिक 'सराएँ नाच' प्रदर्शन गरिएको छ। यो नाच विजयादशमीदेखि पूर्णिमासम्म जिल्लाका विभिन्न कोट र शक्तिपीठहरूमा नाचिन्छ । सराएँ नाचमा महिला तथा पुरुषहरू हातमा तरबार, खुँडा, खुकुरी आदि लिएर पञ्चेबाजाको तालमा 'वाखै भाइ हो ह..' भन्दै नाच्छन्। यस नाचमा देवीहरूको प्रतीक 'आलम' लाई समेत प्रदर्शन गरिन्छ। हतियार प्रदर्शनसहितको यो नाचले देवी खुसी हुने जनविश्वास छ।

खाँचीकोट दरबार कालिका मन्दिर व्यवस्थापनका मूल पण्डित आचार्य माधवका अनुसार, खाँचीकोट दरबार बाईसे चौबिसे राज्यका राजाहरू मध्ये १९७८ मा राजा बसेको तत्कालीन किंवदन्तीमा भेटिएको ऐतिहासिक स्थल हो। सन्धिखर्क नगरपालिका वडा नं ७ का अध्यक्ष चुरा ब केसीले खाँचीकोट कालिका मन्दिरमा सराएँ नाच र त्रयोदशीसहित फूलपाती विसर्जन गरेपछि यस वर्षको दसैँ समापन भएको बताए । यो नाच हिन्दु सांस्कृतिक परम्पराको जगेर्ना, धार्मिक र जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न महत्वपूर्ण मानिन्छ। सराएँ नाचमा सबै जातजाति र समुदायका व्यक्तिहरू एकै ठाउँमा मिलेर नाच्छन् ।

खाँचीकोट दरबारको ऐतिहासिक महत्व पनि छ। राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसँग विवाह भएको थियो। चन्द्र प्रभावतीले माइतीघरमा आएका पृथ्वीनारायण शाहलाई राजकीय विधि, शासन पद्धति, हतियार सञ्चालन र एकीकरणसम्बन्धी शिक्षा दिएकोले नेपालको एकीकरण भएको मान्यता रहेको अध्यक्ष केसीले बताए। यसैले खाँचीकोट दरबारलाई विशेष महत्वका साथ हेरिन्छ र त्रयोदशीका दिनको सराएँ नाचलाई विशेष मानिन्छ। समाजसेवी तथा पूर्व वडा अध्यक्ष प्रितम बहादुर थापाका अनुसार, खाँचीकोट दरबार ऐतिहासिक र पुरातात्विक ठाउँ भएकोले यहाँ दर्शनार्थीहरू आउने गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार