अर्थमन्त्रीको आश्वासन पाएका छौं : अब्दुल खान

Ujyalosandeshonline 11144+ समाचार ( )
९ जेठ २०८१, बुधवार

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्थ मन्त्रालयसँग सम्बन्धित विषय र संघीय संसद सचिवालयको बजेटका बारेमा अर्थमन्त्री वर्षमान पुनसहित संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका छन् । 

बुधबार सिंहदरबारमा भएको छलफलमा संघीय संसद सचिवालयका लागि बजेट व्यवस्थापनका विषयमा अर्थमन्त्रीलगायत संसदीय समितिका सभापतिहरुसँग छलफल भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बताए । 

बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘अर्थ मन्त्रालयसँग सम्बन्धित र संसद सचिवालय बैठकसँग सम्बन्धित विषयमा छलफल भयो । यसमा राजनीतिक विषयमा छलफल भएन । समितिहरुले मागेको बजेट अर्थ मन्त्रालयले दिने नदिने विषयमा स्पष्ट भनिसकेको छैन । घुमाउरो पारामा बहाना बनाइएको छ ।’

समितिहरुले बजेटको सिलिङ लेखेर पठाएपछि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई पठाउने र स्रोत हेरेर स्रोत सुनिश्चित भइसकेपछि बजेटको व्यवस्थापन गर्ने अर्थमन्त्री पुनले आश्वासन दिएको खानले बताए । ‘आउँदो आर्थिक वर्षमा संघीय संसद सचिवालयका लागि बजेट छुट्याउने आवश्वासन अर्थमन्त्रीज्यूले दिनुभयो,’ खानको भनाइ छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार