मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


मर्चवारीमा गुणस्तरीय शिक्षाको लागि १० वर्षिय शिक्षा योजना

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ माघ २०८१, बुधवार

मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि १० वर्षे शिक्षा योजना निर्माण हुने भएको छ । उक्त योजना निर्माणको लागि विभिन्न चरणको कार्य मध्ये सोमबार सम्पन्न मस्यौदा माथि सरोकारवालाहरुको सुझाव संकलन तथा पृष्ठपोषण कार्यक्रममा सहभागीहरु गुणस्तरीय शिक्षाको लागि आफ्ना रायसुझाव राखेका थिए ।  

कार्यक्रममा मर्चवारी गाउँपालिका अध्यक्ष तथा शिक्षा योजना निर्माण समितिका संयोजक गया प्रसाद बरईले शिक्षा क्षेत्रमा लगानी गरे जस्तो प्रतिफल नआएको बताए । अध्यक्ष बरईले भने ‘मर्चवारको अन्य पालिकाको तुलनामा मर्चवारी गाउँपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी गरेको छ । शिक्षक तलब, भौतिक संरचना र ब्यवस्थापनमा लगानी गरेका छौँ तर उक्त लगानी अनुसारको उपलब्धि आउन सकेको छैन ।’ अब मासिक रुपले शिक्षक, अभिभावक तथा विद्यार्थीहरुसंग विभिन्न चरणमा सम्बाद गर्ने कार्यक्रम लागू गर्ने अध्यक्ष बरईले बताए । 

यसैगरी मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहले शिक्षा प्रभावकारी नभए समाजको कुनै क्षेत्रको विकास नहुने बताइन् । महिलाहरुमा शिक्ष क्षेत्रमा अधिक पहुँचको लागि कन्या विद्यालयलाई प्रभावकारी बनाउने उनले बताइन् । सबैको सल्लाह बमोजिम निर्माण गरिएको कार्ययोजनालाई विधिवत रुपले कार्यन्वयन गराई शिक्षाको स्तर उठाउने उपाध्यक्ष सिंहले बताइन् ।

कार्यक्रममा १० वर्षे योजना प्रस्तुत गर्दै मर्चवारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिश्चन्द्र बरईले शिक्षकको दरबन्दी न्युन रहेको मुख्य चुनौती देखिएको बताए । उनले भने ‘विद्यालयमा तह अनुसारको दरबन्दी एकदम न्युन छ । अध्यापन कार्य अवरुध नहुनका लागि गाउँपालिकाबाट शिक्षक कोटा प्रदान गरि विद्यालय मार्फत भर्ना गरिएको छ । शिक्षाको लागि जति बजेट बिनियोजन हुँदा ९० प्रतिशत शिक्षकको तलबमै खर्च हुने भएको हुँदा अन्य ब्यवस्थापन तथा अतिरिक्त क्रियाक्लाप हुन सकेको छैन ।’

मर्चवारी गाउँपालिकाको जनसंख्या तथा विद्यार्थीहरुको अनुपातमा शिक्षा कार्ययोजनामा आवश्यक क्रियाक्लाप समावेश गरिएको शिक्षा शाखा प्रमुख बरईले बताए । कार्ययोजनाका विभिन्न तथ्यांक प्रस्तुत गर्दै शिक्षा शाखा प्रमुख बरईले २०७८ को जनगणना अनुसार मर्चवारी गाउँपालिकामा ४० हजार ८ सय ८० जनसंख्या रहेको उक्त पालिकामा सामुदायिक विद्यालय १५, संस्थागत विद्यालय १५ र मदरसा ८ गरी जम्मा ३८ विद्यालय रहेको बताए । जसमा  एक प्राविधिक धारको विद्यालय संचालनमा रहनुका साथै बालविकास केन्द्र ४९ र सामुदायिक सिकाइ केन्द्र ३ रहेको जानकारी दिएका छन् ।

सामुदायिक तथा धार्मिक विद्यालयहरुमा ९ हजार ४ सय १७ तथा संस्थागत विद्यालयमा ४ हजार ४ सय ६८ गरी १३ हजार ८ सय ५९ विद्यार्थीहरु उनले बताए । वि.सं. २०९० सम्मका लागि निर्माण गर्न थालिका शिक्षा  योजनामा शिक्षा क्षेत्रका सबल पक्ष, शैक्षिक समस्या, अवसर, चुनौती, लक्ष्य, रणनिती, शैक्षिक अवस्था, भौतिक संरचना, आवश्यक जनशक्ति, बालबिकास, आधारभूत, माध्यमिक  सहित प्राविधिक शिक्षाको विभिन्न पक्षहरुबारे छलफल गरिएको थियो ।

छलफल तथा सुझाव संकलनमा वडाध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, संचारकर्मी लगायत विभिन्न सरोकारवालाहरु निर्माणधीन शिक्षा योजनामा विभिन्न पक्षहरुमा सुझाव राखेका थिए । जनता माध्यमिक विद्यालय ओडवलियाका शिक्षक रामसरन यादवको संचालनमा सम्पन्न उक्त कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यक्रम प्रबन्धक हरिचंद्र चौधरी, टेक्निकल अफिसर सुचेता शाक्य र सुपरवाइजर बिजय पाल लगायको उपस्थिती रहेको थियो । कार्यक्रम युएसएआइडी प्रारम्भिक कक्षा सिकाई कार्यक्रम र कालिका स्वावलम्बन सामाजिक केन्द्र प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार