मुख्य समाचार
धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै |

रुपन्देहीमा विश्व ध्यान दिवस: ११ हजार बढीले सामूहिक ध्यान गर्ने

Ujyalosandeshonline 12440+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

भैरहवा । विश्व ध्यान दिवसको अवसर पारेर आगामी पुस ६ गते (२१ डिसेम्बर) का दिन द आर्ट अफ लिभिङले रुपन्देहीका दुई स्थानमा ११ हजारभन्दा बढी व्यक्तिको सहभागितामा बृहत् ध्यान शिविर आयोजना गर्ने भएको छ। 'विश्व शान्ति र सद्भावका लागि ध्यान' भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रम अन्तर्गत भैरहवास्थित नेपाल नालन्दा माविमा एक हजार जना र कञ्चन गाउँपालिकाको दियो खेलमैदानमा १० हजारभन्दा बढी विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको उपस्थितिमा सामूहिक ध्यान गराइनेछ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षकहरूले युवाहरूमा बढ्दो नकारात्मक सोचलाई चिर्न र शारीरिक तथा मानसिक सन्तुलन कायम गर्न ध्यान नै सशक्त माध्यम भएको बताएका छन्। श्री श्री रविशंकरद्वारा स्थापित द आर्ट अफ लिभिङको पहलमा संयुक्त राष्ट्र संघले समेत डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा सर्वसम्मत अनुमोदन गरिसकेको छ। गत वर्ष पहिलो पटक यो दिवस मनाउँदा विश्वभरका ८५ लाखभन्दा बढी मानिसले एकैसाथ ध्यान गरी विश्व कीर्तिमान कायम गरेका थिए। यस पटक रुपन्देहीमा हुन लागेको यस ठूलो स्तरको शिविरले नेपाललाई ध्यानको 'हब' बनाउन र जनमानसमा सकारात्मकता फैलाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

प्रतिक्रिया

Chhannu prasad chaudhary ४ पौष २०८२, शुक्रबार

Iam ready

दिपेन्द्र प्रधान ४ पौष २०८२, शुक्रबार

पौष ६ गते हुन पर्ने मा २१ हुन गएछ।

रेशम पाण्डेय ४ पौष २०८२, शुक्रबार

पुष ६ गते शान्ति नमूना मा वि मणिग्राममा पनि ध्यान को कार्यक्रम हुने जसमा हजारौ को सहभागीता हुने

दिपेन्द्र प्रधान ४ पौष २०८२, शुक्रबार

पौष २१ गते आइतबार बिहान १० बजे सिद्धार्थनगर नगरपालिका वडा नं ९ स्थित नेपाल नालन्दा विद्यालयको प्राङ्गणमा सबै लाई उपस्थित भइ ध्यानमा सहभागी हुन निमन्त्रणा गर्दछु।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार