मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

अर्थतन्त्र सुधारको बाटोमा, आन्तरिक व्यवस्थापन चुनौतीपूर्णः अर्थमन्त्री महत

Ujyalosandeshonline 11566+ समाचार ( )
१७ माघ २०८०, बुधवार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै सुधार भइरहेको भएपनि आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन् । 

बुधबार निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस तथा चौथो वार्षिक साधारण सभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

त्यस क्रममा उनले आन्तरिक उत्पादनलाई निर्यात गर्नआवश्यक गृहकार्य नपुगेको स्वीकारे ।‘आर्थिक अवस्थाले विस्तारै गति लिइरहेको छ । तर हाम्रो आन्तरिक व्यववस्थापन अझै चुनौतीपूर्ण छ’ अर्थमन्त्री महतले भने, ‘निर्यात नहुने, आयात गरेर परिपूर्ति गर्ने प्रचलन बढ्यो ।’

मन्त्री महतले आन्तरिक उत्पादनलाई बढाउने उपाय के हो भन्दै व्यवसायीलाई प्रश्न समेत गरेका थिए । आन्तरिक उत्पादन बढाउन र लगानी सुरक्षित गर्न दुई उपाय रहेको भन्दै सहुलियत कर्जा र अनुदान दिन सकिने बताए । 

उनले भने, ‘आन्तरिक उत्पादन बढाउन एउटा सहुलियत ब्याजदरमा ऋण,  अनुदान दिने, अर्को वैदेशिक आयात घटाउने ।’अनुत्पादक क्षेत्रमा धेरै लगानी गरेका कारण अर्थतन्त्र जोखिममा परेको उनको भनाई थियो । 

‘अर्थतन्त्रमा मुख्य समस्या आउनुको अर्को मुख्य कारण के हो भने हामीले अनुत्पादन क्षेत्रमा अझ बढी लगानी गर्यौं’ उनले भने ।अर्थतन्त्रलाई जति सुधार गर्न सकिन्थ्यो त्यति गर्न नसकिएको भन्दै उनले अझै पनि स्रोतको कमी भएको साथै खासगरी बजेटको अभावले गर्दा पनि लगानी सुनिश्चित गर्न नसकिरहेको अर्थमन्त्री महतले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार