मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

नेपालबाट बंगलादेशमा १०३ बस्तु निर्यातको उच्च सम्भावना

Ujyalosandeshonline 12676+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

काठमाडौं । हालैको एक अध्ययनले नेपालबाट बंगलादेशतर्फ निर्यातका लागि उच्च सम्भावना भएका १०३ उत्पादन पहिचान गरेको छ । जसले दुई छिमेकी मुलुकबीचको व्यापारमा उल्लेखनीय वृद्धिको अवसर देखाएको छ ।

साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) ले सार्वजनिक गरेको नेपाल–बंगलादेश व्यापारसम्बन्धी प्रतिवेदनले हार्मोनाइज्ड सिस्टम (एचएस) कोड ६ भएका १०३ प्रकारका वस्तुको बंगलादेश निर्यातको सम्भावना उच्च रहेको उल्लेख गरेको छ ।

विस्तृत कार्यविधिको प्रयोग गरी अनुसन्धानकर्ताहरूले ८–अङ्के एचएस कोड स्तरमा १६४ उत्पादनहरू पहिचान गरेका छन्, जुन ६–अङ्के एचएस कोड स्तरमा १०३ उत्पादन बराबर हुन्छन् । तीमध्ये २६ कृषि उत्पादन र ७७ गैर–कृषि उत्पादन छन्, जसले विभिन्न क्षेत्रहरूमा नेपालको सम्भावना देखाउँछन् ।

उत्पादन समूहका हिसाबले ‘खनिज तथा धातु’ सबैभन्दा धेरै संख्यामा रहेका छन्, भने ‘तेलविजन बियाँ, चिल्लो पदार्थ र तेल’ वर्गमा निर्यात मूल्यका हिसाबले अग्रस्थानमा छन् । यसपछि ‘कपडा’ वर्गले पनि बलियो सम्भावना देखाएको छ ।

यद्यपि यो सम्भावना हुँदाहुँदै पनि, अध्ययनले उल्लेख गरेको छ कि यी उत्पादनमध्ये धेरैजसोको बंगलादेशतर्फको निर्यात अहिले शून्य वा अति न्यून छ । केही अपवाद बाहेक—जसमध्ये सबैभन्दा उल्लेखनीय बस्तु महसुरो हो । अन्य उत्पादनहरूको निर्यात नगण्य छ ।

विज्ञहरुका अनुसार, यस्तो कमजोर निर्यात व्यापारिक अवरोधहरू—चाहे शुल्कीय होस् वा गैर–शुल्कीय—का कारण भएको देखिन्छ । जसले नेपाली उत्पादनहरूलाई बंगलादेशी बजारमा प्रवेश गर्न कठिन बनाएको छ । यस्ता अवरोधहरू अध्ययनको आगामी खण्डमा विस्तृत रूपमा विश्लेषण गरिनेछ । यसले नेपाल र बंगलादेशबीचको आर्थिक सहकार्य विस्तार गर्न हालका व्यापारिक अवरोध हटाउन र नीतिगत पहल आवश्यक रहेको स्पष्ट संकेत गर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार