मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मर्चवारमा जलेको अवश्थामा महिलाको शव भेटियो

जैसमोहम्मद खान 76+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा २२ वर्षिय महिलाको जलेको अवश्थामा शव भेटिएको छ । शव सोही ठाउँ बस्ने श्रृजना पालको रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रदिप क्षेत्रीले जानकारी दिए । 

“सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ पाण्डेडिह भन्ने ठाउँमा खोला नजिकै शव रहेको जानकारी विहान करिब ३ बजे थाहा पायौं” एसपी क्षेत्रीले भने  “अहिले फिल्डमै रहेका छौं र अनुसन्धान गरिरहेका छौं ।”

क्षेत्रीले अनुसन्धानमा “ओम” नामको कुकुरको प्रयोग गरिएको र कुकुरले महिलाको घर सम्म पु¥याएको जानकारी दिए । अहिले मृतकको पति प्रमोद पाललाई नियन्त्रणमा लिएर राखिएको र माईती पक्षलाई घटनास्थलमा बोलाईएको क्षेत्रीले जानकारी दिए ।

“प्रारम्भिक अनुसन्धानको क्रममा कुकुरले घर सम्म पु¥याएको हुदा महिलालाई घरबाट नै घटनास्थल सम्म पु¥याएको देखिन्छ ।” कार्कीले भने “तर घटना आत्महत्या हो वा हत्या हो यस विषयमा अहिले नै केही भन्न सक्ने अवश्था छैन, हामी अनुसन्धानमै छौं ।”

समाचार तयार पार्दा सम्म शव उठाईएको छैन । प्रहरीले माईती पक्षलाई पर्खिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार