मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

राजनीतिको पूरै जिम्मा मेरै काँधमा छ जस्तो लाग्छ : प्रचण्ड

Ujyalosandeshonline 11171+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहित्य, कला र संस्कृति जीवनको अत्यन्तै संवेदनशील र प्रभावशाली पक्ष भएको बताएका छन् । बाबा बस्नेतका तीन कृति रङ्गीन घरहरू (कथासङ्ग्रह), ढुङ्गामा आकार (कवितासङ्ग्रह) र आवाज (श्रव्य नाटकसङ्ग्रह) को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले आफू राजनीतिमा सक्रिय हुनु अघि साहित्यप्रति गहिरो लगाव रहेको उल्लेख गरे ।

उनले भने, ‘साहित्य, कला व्यक्तिको जीवन र सामाजिक जीवनको असाध्यै संवेदनशिल, असाध्यै प्रभावशालि क्षेत्र हो । राजनीतिमा लाग्नु अघि मेरो पहिलो प्राथमिकता साहित्य नै थियो ।’आफूलाई धेरैले भावुक र तुरुन्तै मन पग्लिने स्वभावको व्यक्ति भनेर चिनाउने गरेको भन्दै उनले राजनीतिक यात्राको सुरुवात २०–२२ वर्षको उमेरमा गरेपनि त्यसअघि उपन्यास, कथा र कविता पढ्नमा अत्यधिक समय बिताएको स्मरण गरे।

‘कलासाहित्यतर्फ मेरो गहिरो रुचि थियो, तर राजनीतिमा सक्रिय भएपछि त्यो क्षेत्रमा समय दिन सकिएन। अहिले पनि राजनीतिक व्यस्तता यति धेरै छ कि साहित्यमा समय दिन नपाएकोमा दुःख लाग्छ ।’प्रचण्डले भने । साथै उनले देशको वर्तमान राजनीतिक परिस्थिति अस्थिर र संवेदनशिल भएको उल्लेख गर्दै आफूले त्यसको ठूलो जिम्मेवारी बोकिरहेको धारणा व्यक्त गरे ।

उनले भने, ‘सरकारमा त छैन, तर देशको राजनीतिको खम्बा मैले छोडिदिए सबै भत्किने जस्तो लाग्छ। ग्र्याल्याम गुर्लुङ ढल्ने पो हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरो काँधमा जस्तो लागिरहेको छ ।’उनले हालको राजनीति संकटपूर्ण मोडमा रहेको संकेत गर्दै आफूमाथि परेको दबाबबारे खुलस्त गरेका थिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार