अवैध भन्सार छलीका ३१ थान आईफोनसहित लाखौंको सामान बरामद

Ujyalosandeshonline 11543+ समाचार ( )
२१ कार्तिक २०८२, शुक्रबार

बुटवल । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न वडाबाट प्रहरीले अवैध भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरका सामान बरामद गरेको छ । बरामद गरिएका सामानहरूमा ३१ थान आईफोन, लत्ताकपडा र खाद्यान्न (मटर) समावेश छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले विशेष अपरेसन चलाएर यी सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो। बरामद गरिएका ३१ थान आईफोनको अनुमानित मूल्य १६ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, ८७ हजार २४० रुपैयाँ बराबरको लत्ताकपडा र खाद्यान्न (मटर) पनि बरामद गरिएको छ। भन्सार छली गरी ल्याइएका यी सबै सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, भैरहवामा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले भन्सार छली र अवैध व्यापार नियन्त्रणका लागि सक्रिय रूपमा काम गरिरहेको र आगामी दिनमा पनि यस्ता गतिविधिमाथि कडा निगरानी राखिने बताएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार