मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर सरकारबाट हट्न बाध्य पारे : प्रचण्ड

Ujyalosandeshonline 12431+ समाचार ( )
२ वैशाख २०८२, मङ्गलबार

नवलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै  अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदैगर्दा आफूहरुलाई संविधान मिचेर रातको अध्याँरोमा छलछाम र  जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेको बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार विरोधी, सामाजिक न्याय र  आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारीहरु, विचौलिया, दलालहरु मिलेर हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो । संविधान मिचेर रातको अध्यारोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेका छन् ।’ साथै उनले जनतासँग गहिरो सम्बन्ध बनाएर भ्रष्टाचारीका विरुद्ध फेरी लडाई लड्ने बताए । उनले  सुशासन, सामाजिक न्यायका पक्षमा लड्ने उद्देश्यले माओवादी अगाडि बढ्ने बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार