मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

भारतको सामुदायिक विकास परियोजना : दार्चुलामा बन्नेभयो सुविधासम्पन्न विद्यालय

Ujyalosandeshonline 12437+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार

काठमाडौं । भारतले नेपालमा विभिन्न जिल्लामा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको नेपालस्थित भारतीय दूताबासले जनाएको छ । जसमध्ये ४ सय ८९ वटा परियोजना सम्पन्न भइसकेको जानकारी दिएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा उक्त परियोजना संचालन गरेको हो । ति परियोजनामध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा मात्र छन् । दार्चुलामा विहीबार मात्र शैल्यशिखर नगरपालिकामा भारतको सहयोगमा गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ । भवनका लागि भारत सरकारको २.७३ करोड आर्थिक सहयोग रहेको छ ।

मेयर बिजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले उक्त भवनको शिलन्यास गरेका हुन् ।  कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । सो अवसरमा मेयर धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारतको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचर निर्माण गरिने दूताबासले जनाएको छ ।

भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौं वटा एम्बुलेन्स र तीनसय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा आठ वटा एम्बुलेन्स र दुईवटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार