मुख्य समाचार
मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता | पंचकन्या रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी ७ विकेटले विजयी | चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त |

रोहिणी गाउँपालिकामा योजनाको जस लिने होडबाजी : अध्यक्ष र वडाध्यक्षबीच जुहारी, सामाजिक सञ्जालमा पालिका अध्यक्षको आलोचना

Ujyalosandeshonline 11167+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा विकास निर्माणका योजनाहरूको जस कसले लिने भन्ने विषयमा पालिका अध्यक्ष र वडाध्यक्षबीच विवाद सिर्जना भएको छ । गाउँपालिका अन्तर्गत वडा नम्बर २ मा सञ्चालन हुन लागेको सडक निर्माण र स्वास्थ्य चौकीको स्तरोन्नतीको बजेट विनियोजनको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलिरहेको छ ।

घटनाको मुख्य विषय रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित भटपुरवा, लखनौतिया हुँदै सैलाहवा जाने बाटो निर्माण र पोखरभिण्डी स्वास्थ्य चौकीको कम्पाउन्ड वाल तथा सौन्दर्याकरण योजनासँग सम्बन्धित छ । गाउँपालिकाले हालै यी योजनाहरूको लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । जसमा बाटो निर्माणका लागि भ्याट बाहेक १ करोड ४६ लाख १३ हजार ५ सय ९१ रुपैयाँ र स्वास्थ्य चौकीको कामका लागि २६ लाख ३२ हजार ८ सय १० रुपैयाँको अनुमानित बजेट सहित सूचना प्रकाशित भएको छ ।

यो सूचना सार्वजनिक भएलगत्तै गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवका समर्थकहरूले अध्यक्ष यादवको विशेष पहलमा बजेट विनियोजन भएको भन्दै सामाजिक सञ्जालमा धन्यवाद ज्ञापन गर्न थाले । विशेषगरी असलम खान लगायतका व्यक्तिहरूले अध्यक्ष यादवको पहलकदमीको प्रशंसा गर्दै फेसबुकमा पोस्ट गरेपछि विवादको बिजारोपण भएको हो । पालिका अध्यक्षले आफूले नगरेको कामको पनि जस लिन खोजेको भन्दै वडा पक्षले असन्तुष्टि जनाएको छ ।

यसको प्रतिउत्तरमा वडा नम्बर २ का वडाध्यक्ष करम हुसेन खाँनले प्रमाणसहित आफूले नै उक्त योजनाको माग गरेको दाबी प्रस्तुत गरेका छन् । वडाध्यक्ष खाँनले २०८२ वैशाख १५ गतेको मितिमा पत्र संख्या २०८१÷०८२, चलानी नं १३१६ वडा कार्यालयको लेटरप्याडमा हस्ताक्षर सहित पत्र लेखी बजेट माग गरेको दस्तावेज सार्वजनिक गरेका छन् । वडाध्यक्षले पेस गरेको पत्रमा पोखरभिण्डी स्वास्थ्य चौकीमा कम्पाउन्ड वाल, रंगरोगन र पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ माग गरिएको देखिन्छ । वडाको निरन्तरको ताकेता र मागकै आधारमा योजना परेको भन्दै वडाध्यक्ष स्वयम् र उनका समर्थकहरूले सामाजिक सञ्जालमा अध्यक्षको दाबीको खण्डन गरेका छन् ।

स्थानीय बासिन्दा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने पालिका अध्यक्ष विद्या प्रसाद यादवले वडाको सक्रियतामा आएको योजनालाई समेत आफ्नो भन्दै प्रचार गराएको भन्दै तीव्र आलोचना गरिरहेका छन् । वडाले आधिकारिक रूपमा पत्र लेखेर माग गरेको योजनामा पालिका अध्यक्षले जस लिन खोज्नु राजनीतिक बेइमानी भएको भन्दै स्थानीयहरूले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । अहिले यो विषय रोहिणी गाउँपालिकामा भाइरल बनेको छ भने विकासको जस लिने होडबाजीले स्थानीय राजनीति तातिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार