मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

एसपी बन्न रस्साकस्सी, ७ पदका लागि १२ डीएसपीको दौडधुप

Ujyalosandeshonline 11564+ समाचार ( )
१ पौष २०८०, आइतबार

काठमाडौं । नेपालमा प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक पद (एसपी) पदमा बढुवाका लागि १२ जनाको रस्साकस्सी चलेको छ । मंसिर ५ गते एसपीबाट ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए । 

बढुवा र पद रिक्तपछि प्रहरीमा ७ एसपीको दरबन्दी खाली छ । एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपीमा बढुवा भएका थिए । 

यसअघि २ जनाको दरबन्दी खाली थियो । अहिले रिक्त दरबन्दीको संख्या ७ पुगे पनि प्राविधिकतर्फको २ वटा दरबन्दी समेत समायोजन गरेर ९ जना बढुवा गर्ने तयारीमा प्रहरी प्रधान कार्यालयको छ । प्राविधिक र एमटी (सवारी व्यवस्थापन) शाखामा रिक्त भएको दरबन्दीलाई समेत नेपाल प्रहरीतर्फ ल्याएर ९ जना बढुवा गर्ने प्रयास भइरहेको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिकतर्फको २ दरबन्दी नेपाल प्रहरीतर्फ ल्याउन सहमतिका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको छ । यस्तै गृहले सहमति दिए लगत्तै बढुवा गर्ने तयारी छ । 

अघिल्लो पटकको बढुवामा छुटेको टोलीलाई यसपालि समेट्नका लागि दरबन्दी मिलान गर्न लागिएको हो । अघिल्लो वर्ष अर्थात्, २०७९ भदौ १२ मा  डीएसपीबाट एसपीमा ३० जनालाई बढुवा गरिएको थियो । त्यसमा २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएको टोलीबाट केही छुटेका थिए । कारबाही र विभिन्न कारणले अन्य केही डीएसपीहरू समेत छुटे । यसपालि तिनीहरूलाई समेटेर प्रहरी प्रधान कार्यालयले कार्यक्षमताका आधारमा बढुवा गर्ने तयारी गरेको छ । 

अहिले ७ वटा दरबन्दी थपका नगरेका आधारमा १२ जनाको दौडधुप सुरु भइरहेको  हो । पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे दौडमा देखिएका छन् । 

यीमध्येमा दरबन्दी मिलान नभएको खण्डमा ७ जना बढुवा हुनेछन् । त्यसमध्ये वरिष्ठताका आधारमा ७ जना बढुवा भएमा निरञ्जन भट्टसम्म बढुवा हुने देखिन्छन् । ९ जना बढुवा भएको खण्डमा सन्तोष तामाङसम्म बढुवा हुने देखिएको छ । तर, अहिले सिनियरभन्दा कार्यक्षमतालाई आधार मान्ने तयारी रहेकाले यसमध्ये केही छुट्ने र पछाडिबाट केही आउने सम्भावना पनि छ । अहिले आकांक्षी केहीले आफू निकटका राजनीतिक दलबाट दबाब दिइरहेका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार