मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

चिटिक्क बन्यो नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तल

Ujyalosandeshonline 11566+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ स्थिति गाईखुराको नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तलको जीर्णोद्वार गरिएको छ । पुरातत्त्व विभागले जीर्णोद्वार गरेपछि महादेव मन्दिर र सत्तल चिटिक्क परेका छन् । गाई खुराको माझी बस्तीको बिचमा तामाकोसी नदी तटमा रहेको यो मन्दिर र सत्तललाई निक्कै पूराना मानिन्छन् । 

इतिहास र भूगोलका ज्ञाता देवशंकर पौडेलका अनुसार यहाँको शिलालेखमा शाके संवत् १७५० र श्रीसंवत् १८८५ लेखिएको छ । यस हिसाबले यो मन्दिर र सत्तल २ सय वर्ष पुरानो भएको उनको भनाइ छ । कान्तिमणि वैद्यले आफूले पाएको गाईखुराको बिर्तामा नर्वदेश्वर शिवलिङ्ग स्थापना गरेको र मन्दिरको छेउमा सत्तल बनाएको इतिहास रहेको पौडेलले जानकारी दिए । 

झिँगटीको छानो लगाइएको सो सत्तल निक्कै कलात्मक थियो । उचित संरक्षण नभएर सत्तल भत्किएपछि अहिले पुरातत्त्व विभागले आधुनिक तरिकाले त्यसको जीर्णोद्वार गरेको छ । झिँगटीको छानो हटाएर पाता ठोकिएको छ ।

काम लाग्ने पूराना काठपातहरु पुनः प्रयोग गरिएको छ भने पुरानो स्वरूप नबिग्रने गरी नयाँ काठपात र इँटा प्रयोग गरी पुनः सत्तल निर्माण गरिएको छ । सत्तलसँगैको शिव मन्दिर पनि पुरातत्त्व नखलबलिने गरी आधुनिक हिसाबले निर्माण गरिएको छ । सत्तलको आसपासमा भएका केही शिलाहरूलाई सत्तलमा नै टाँसिएको छ भने कतिपय बाहिर भएका पुराना शिलाहरू भने हराइ नष्ट भएर गएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार