मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

चिटिक्क बन्यो नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तल

Ujyalosandeshonline 12450+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ स्थिति गाईखुराको नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तलको जीर्णोद्वार गरिएको छ । पुरातत्त्व विभागले जीर्णोद्वार गरेपछि महादेव मन्दिर र सत्तल चिटिक्क परेका छन् । गाई खुराको माझी बस्तीको बिचमा तामाकोसी नदी तटमा रहेको यो मन्दिर र सत्तललाई निक्कै पूराना मानिन्छन् । 

इतिहास र भूगोलका ज्ञाता देवशंकर पौडेलका अनुसार यहाँको शिलालेखमा शाके संवत् १७५० र श्रीसंवत् १८८५ लेखिएको छ । यस हिसाबले यो मन्दिर र सत्तल २ सय वर्ष पुरानो भएको उनको भनाइ छ । कान्तिमणि वैद्यले आफूले पाएको गाईखुराको बिर्तामा नर्वदेश्वर शिवलिङ्ग स्थापना गरेको र मन्दिरको छेउमा सत्तल बनाएको इतिहास रहेको पौडेलले जानकारी दिए । 

झिँगटीको छानो लगाइएको सो सत्तल निक्कै कलात्मक थियो । उचित संरक्षण नभएर सत्तल भत्किएपछि अहिले पुरातत्त्व विभागले आधुनिक तरिकाले त्यसको जीर्णोद्वार गरेको छ । झिँगटीको छानो हटाएर पाता ठोकिएको छ ।

काम लाग्ने पूराना काठपातहरु पुनः प्रयोग गरिएको छ भने पुरानो स्वरूप नबिग्रने गरी नयाँ काठपात र इँटा प्रयोग गरी पुनः सत्तल निर्माण गरिएको छ । सत्तलसँगैको शिव मन्दिर पनि पुरातत्त्व नखलबलिने गरी आधुनिक हिसाबले निर्माण गरिएको छ । सत्तलको आसपासमा भएका केही शिलाहरूलाई सत्तलमा नै टाँसिएको छ भने कतिपय बाहिर भएका पुराना शिलाहरू भने हराइ नष्ट भएर गएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार