मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

आइसीसी टी–२० महिला विश्वकप : दक्षिण अफ्रिकासँग बंगलादेश सात विकेटले पराजित

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ अशोज २०८१, आइतबार

काठमाडौं । आइसीसी टी–२० महिला विश्वकप क्रिकेटमा समूह ‘ए’मा रहेको अष्ट्र«ेलियाले अपराजित यात्रा कायमै राखेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्ड १९.२ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिन पुग्यो ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि कप्तान एलिसा हिलीले २६ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३,००० रन पूरा गरिन् । बेथ मुनिले ४० रनको योगदान दिइन् भने एलिसे पेरीले ३० रन जोडिन् । न्युजिल्यान्डका लागि अमेलिया केरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन्, उनले २६ रन मात्र खर्चिइन् ।

जवाफमा न्युजिल्यान्डको सुरुवात कमजोर रह्यो। ओपनर जर्जिया प्लिमरलाई १४ बलमा नै आउट गर्दै अस्ट्रेलियाकी मेगन शुटले उत्कृष्ट सुरुवात गरिन् । उनले मात्र ३ ओभरमा ३ विकेट लिएर न्युजिल्यान्डको पारीलाई ध्वस्त पारिदिइन् । अमेलिया केरले २९ रन जोड्दै केही सम्हाल्ने प्रयास गरे पनि न्युजिल्यान्डको पारी ८८ रनमै सिमित भयो ।

अस्ट्रेलियाका लागि एनाबेल सुटरल्याण्डले पनि ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् । यस जितसँगै अस्ट्रेलिया समूह ’ए’ को एक मात्र अपराजित टोली बनेको छ । महिला विश्वकप अन्तर्गत आज २ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे स्कटल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । आजै राति पौने ८ बजे भारत र श्रीलंका आमने सामने हुने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार