मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मुख्यमन्त्री सिंहको अनुगमन जारी, कानुन विपरित सञ्चालनमा रहेका १२ वटा अस्पताललाई तत्काल बन्द गर्न निर्देशन

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

जनकपुर ।  मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको नेतृत्वमा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनमा गरेको १३ वटा निजी अस्पताल अनुगमनमा १२ वटा अनाधिकृत रुपमा सञ्चालनमा रहेको पाइएको छ । मुख्यमन्त्री सिंहले कानुनसम्मत ढङ्गले सञ्चालनमा नरहेका ती १२ वटा अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

रौतहट र सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर तथा हरिवनमा गरिएको १३ वटा निजी अस्पताल अनुगमनमा एकमात्र चन्द्रपुरस्थित अस्पताल चन्द्रपुर हस्पिटल प्रालिले सेवा सञ्चालन अनुमति लिएको पाइएको प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका निमित्त प्रदेश सचिव राजेश मिश्रले बताए । सो अस्पतालसँग चिकित्सक तथा कर्मचारीलाई दिइने करकट्टासहितको तलब विवरण माग गरिएको उनले बताए ।

सेवा सञ्चालन अनुमति नलिएका रौतहटको चन्द्रपुरस्थित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर,। सिभिल हृयुमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी हस्पिटल प्रालि, हिमालयन पोलिक्लिनिक, सिम्स अस्पताल प्रालि, चन्द्रपुर अर्थोपेडिक एन्ड जेनरल हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, चन्द्रपुर सामुदायिक हस्पिटल प्रालि र मोडेल अर्थोपेडिक एन्ड जेनरल हस्पिटल प्रालिलाई बन्द गर्ने निर्देशन दिइएको छ ।

यसैगरी सर्लाहीको हरिवनस्थित दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालिलाई समेत बन्द गर्न निर्देशन दिइएको छ । बन्द गर्न निर्देशन दिइएका अस्पताललाई निर्धारित प्रक्रियाअनुसार सेवा सञ्चालन अनुमति लिएर मात्र सुचारु गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

शैय्या संख्याको आधारमा तोकिएका मापदण्डका आधारमा संघ, प्रदेश र स्थानीय सरकारले अस्पताल सेवा सञ्चालन अनुमति दिने प्रावधान रहे पनि मुख्यमन्त्री सिंहले अस्पताल अनुगमनक्रममा अधिकांशले कम्पनी दर्ता गरी र केहीले सोझै अस्पताल सञ्चालन गरिरहेको देखिएको छ ।

मापदण्डअनुसार भौतिक पूर्वाधार, औषधिउपकरण, जनशक्ति व्यवस्थापन नगरी सञ्चालित अनाधिकृत अस्पतालमा उपचार हुँदा सेवाको गुणस्तर कायम हुन नसकेको, धेरैजसो बिरामीको स्वास्थ्यस्थिति जटिल बनेको र ज्यानसमेत जोखिममा पर्नेगरेको र उपचारसमेत महँगो हुने गरेको जानकारी मुख्यमन्त्री सिंहलाई प्राप्त हुन थालेपछि उनले निजी अस्पतालको अनुगमनलाई तीव्रता दिएका हुन् । यसअघि मुख्यमन्त्री सिंहले प्रादेशिक राजधानी जनकपुरधाम, वीरगन्ज लगायतका ठाउँमा निजी अस्पताल अनुगमन गरिसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै