मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |
मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |


पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

Ujyalosandeshonline 12676+ समाचार ( )
२७ वैशाख २०८३, आइतबार

रुपन्देही । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि बुटवलमा मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन सुरु भएको छ । सोही क्रममा आइतबार विभिन्न विषयमा छलफल गरिएको छ । लुम्बिनीको पर्यटन ः पर्यटक र पैसा कसरी भित्राउने विषयमा आयोजित छलफलमा सहभागीले लुम्बिनीमा पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यबाहक नगरप्रमुख कल्पना हरिजनले लुम्बिनीको नाममा राज्यको लगानी अन्य ठाउँमा भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले पर्यटन र लगानी भित्र्याउने कुरालाई विशेष महत्व दिएको बताउनुभयो । ‘लुम्बिनीमा आउने पर्यटकलाई लुम्बिनी प्रदेशका प्रमुख महत्वपूर्ण पर्यटकीय गन्तव्यमा पुग्न अनुरोध गर्दै आएका छौं, ’उहाँले भन्नुभयो–‘यसले पर्यटकको बसाईको अवधि पनि लम्ब्याउन मद्दत पुग्छ ।’ कार्यबाहक नगरप्रमुख हरिजनले लगानी गर्नेबित्तिकै तुरुन्तै प्रतिफल आउन नसक्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै पर्यटनविद् तथा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण आवश्यक रहेकोमा जोड दिनुभयो । ‘पर्यटकको बसाई अवधि बढ्नेबित्तिकै पर्यटन क्षेत्रको विकास हुन्छ । पुस्ता अनुसार गन्तव्य फरक हुन सक्छन् । सबै उमेर समूहका इन्टरेस्ट फरक हुन सक्छन्, ’उहाँले भन्नुभयो । गन्तव्यको छवि जति माथि उठ्छ त्यत्ति नै त्यसको ब्राण्डिङ हुने उहाँको भनाइ छ ।

पर्यटन व्यवसायी सागर अधिकारीले कस्तो पर्यटक भित्र्याउने भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको बताउनुभयो ।  ‘पर्यटकको बसाई अवधि बढाउन सकेनौं । लुम्बिनी विकास कोषले कार्यक्रमहरु गर्नुपर्यो । भैरहवा र बुटवलमा रात्रीकालीन बजार सञ्चालन गर्नुपर्छ । यसो गरे पर्यटकलाई कम्तीमा दुई रात यहाँ बसाल्न सकिन्छ, ’उहाँले भन्नुभयो । विभिन्न कानूनी झण्झटिला रहेको उहाँको भनाइ छ ।

गुणस्तरीय पर्यटक आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । हामीले आफ्नो प्रोडक्ट किन बेच्न नपाउने ? भन्दै उहाँले प्रश्न गर्नुभयो । नेपालमा राम्रा शाकाहारी भोजनालय छैनन् भन्ने कुरामा कुनै सत्यता नरहेको उहाँको भनाइ छ । नेपालको सन्दर्भमा पर्यटक भित्र्याउने र पैसा भित्र्याउने फरक विषय भएको अधिकारीले बताउनुभयो । सरकारले व्यवसायीमैत्री नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेका प्रमुख मुक्ति प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । ‘प्रदेश सरकारले पर्यटकलाई ल्याउन र बसाई अवधि लम्ब्याउन विभिन्न जिल्लामा होमस्टेसम्बन्धी तालिम सञ्चालन गरिरहेको छ, ’उहाँले भन्नुभयो । पर्यटकीय गतिविधि बढाउन पहिलो कुरा सडक पूर्वाधार नै भएको उहाँले बताउनुभयो । सडक पूर्वाधार विस्तारमा तीनै तहका सरकारले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटकीय गन्तव्यमा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।

पत्रकार भरत के.सी.ले लुम्बिनी र बुटवलमा आउने पर्यटक फरक भएको बताउनुभयो । उहाँले लुम्बिनीमा आउने पर्यटकको बसाई अवधि किन लम्ब्याउन सकेनौं भन्दै प्रश्न गर्नुभयो । टुर प्याकेज बनाउँदा लुम्बिनीसहित अन्य गन्तव्यलाई समेटेर बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । पत्रकार सुदीप भण्डारीले व्यवसायी एकातिर र सरकार अर्कोतिर रहेकोले पर्यटन क्षेत्रमा अपेक्षित विकास हुन नसकेको बताउनुभयो ।

‘लुम्बिनी विकास कोषले विद्युतीय बस चलाएन । पालिकाले बुद्ध परिपथमा बस चलाउन सक्थ्यौं, ’उहाँले भन्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारले चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थी सुशील आचार्यले यति लामो समय किन लुम्बिनीमा विद्युतीय बस थन्काइयो भन्दै प्रश्न गर्नुभयो । कार्यक्रमको सहजीकरण पत्रकार प्रदीप आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार