मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नेपालमा कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्न सम्झौता

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

काठमाडौं । अखिल नेपाल कबड्डी संघले नेपालमा कबड्डीको पहिलो फ्रेन्चाइज आधारित कबड्डी लिग र भारतपछि विश्वमा कबड्डीको दोस्रो लिग आयोजना गर्नको लागि एस्ट्रियोनिकस इभेन्ट मेयानेजमेन्टसँग सम्झौता गरेको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै कबड्डी लिगको लागि सम्झौतामा हस्ताक्षर गरिएको हो । संघका महासचिव अरविन्दकुमार झाले यो सम्झौताले खेलकुद क्षेत्रलाई एक महत्वपूर्ण उपलब्धि दिने भन्दै यसले कबड्डी क्षेत्रलाई अग्रपंक्तिमा पुर्याउने बताए । 

उनले यस कदमले कबड्डीको विकासमामात्रै नभएर खेलाडीहरू, प्रशंसकहरू र सरोकालवाला सबैको अनुभव बृद्धि गर्नका लागि पनि ठूलो भूमिका राख्ने बताए ।

१९औ एसियन खेलमा पदक लिएर कबड्डीको मात्र नभएर देशकै नाम उच्च राख्न सफल कबड्डी खेलले यो लिग आयोजनापछि ठूलो सफलताका लागि अघि बढ्ने हौसला हुने उनले बताए ।

फुटबल र क्रिकेटमा फ्रेन्चाइज लिगहरूको अत्याधिक सफलता र लोकप्रियता देखेपछि त्यस्तै उत्साहलाई कबड्डी खेलमा पनि ल्याउनु अखिल नेपालकबड्डी संघको लक्ष्य रहेको जनाइएको छ । 

संघका अध्यक्ष तुलसी थापाले खेलकुदको संसारमा एउटा महत्वपूर्ण फड्को मार्ने नेपाल कबड्डी लिगको अनावरण गर्न पाउँदा हर्षित भएको भन्दै एस्ट्रियोनिक्स इभेन्ट म्यानेजमेन्टसँगको साझेदारीले नेपालमा कबड्डीको नयाँ युगको सुरुवात गरेको बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार