मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

गहवामाईको रथयात्रामा देखियो उल्लास

Ujyalosandeshonline 11564+ समाचार ( )
१३ असार २०८२, शुक्रबार

दिपेश पौडेल

रौतहट । ऐतिहासिक, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको प्रतीकको रुपमा रहेको वीरगञ्जको गहवामाईको रथयात्रा सम्पन्न भएको छ । गहवामाई मन्दिर पुनर्निर्माणको १६ औँ वार्षिकोत्सवको अवसरमा तेस्रो रथयात्रा गरिएको हो ।

विगतका बर्ष झैं यस बर्ष पनि रथ यात्रालाई निरन्तरता दिइएको आयोजक श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथयात्रा धार्मिक समन्वय समितिले जनाएको छ ।

समितिका अध्यक्ष श्यामकुमार पोखरेलका अनुसार रथयात्रा मन्दिरबाट निस्केर घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको इदगाह चोक हुँदै वीरगंजको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो । 

रथ यात्रासँगै छपन्न भोग, भजन–कीर्तन, महाप्रसाद र भव्य भन्डारा कार्यक्रम हुने उनले बताए  । शुक्रबार ७ बजे बेलुकी ५६ भोग प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ भने शनिवार बिहान ६ बजेदेखि महाप्रसाद वितरण र साँझ ४ बजेदेखि भन्डाराको कार्यक्रम रहेको उनले जानकारी दिए ।

रथयात्रा भने निर्धारित समयभन्दा केही ढिलोगरी निस्केको भएपनि बाक्लो सुरक्षा व्यवस्थाका कारण अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । 

रथ यात्रामा एक लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको समितिको दाबी छ । भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा सहित नेपालको बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौँबाट समेत श्रद्धालुहरूको उल्लेखनिय सहभागिता रहेको समितिले जनाएको छ ।्रथ यात्राको अवसरमा वीरगञ्ज महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूमा आज सार्वजनिक बिदा घोषणा गरेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार