मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


लघुवित्त पीडितहरुले दिए आन्दोलन गर्ने चेतावनी

Ujyalosandeshonline 11540+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषण पीडितहरुले आफ्नो आन्दोलनलाई थप सशक्त बनाएर लग्ने उद्घोष गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी उनीहरुले चार वर्षदेखि गर्दै आएको संघर्षले निकास नपाएको भन्दै थप संघर्षका कार्यक्रमहरुसमेत घोषणा गरेको छन् ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले अगामी २०८३ वैशाखसम्म पनि सरकार र सम्बन्धित निकायले आफूहरुलाई न्याय नदिए राष्ट्रिय सम्मेलनपछि नयाँ विद्रोह गर्ने अध्यक्ष मनिराम ज्ञवालीले चेतावनी दिएका छन् । 

अध्यक्ष ज्ञवालीले पीडितहरुको आवजहरुलाई नसुनेको भन्दै,‘अब कुनै पनि पार्टीले वित्तीय दलाल र माफियाहरुलाई संरक्षण गरे तिनलाई गाउँगाउँबाट लखेट्ने हो ।’

वित्तीय ऐन र सहकारी ऐन नेपालको मुलुकी आचार संहिता विपरित भएको बताउँदै ज्ञवालीले भने,‘ती ऐनहरु संविधानत परिमार्जन नगरि जनताको पाक्षमा वित्तीय प्रणाली नहुने हुँदा राजनीतिक स्थायीत्व र आर्थिक क्रान्तिमा बाधा पुगेको छ ।’वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पीडितले लामो समयदेखि संघर्ष गरेपनि सत्तामा सबै पीडित विरोधी भएकाले नसुनेको जिकिर गरेका छन् ।

पीडितहरुले सडक तथा कानुनी बाटोबाट पनि संघर्षलाई अगाडि बढाउने सुझाउँदै भने,‘जसले तपाई पीडितहरुलाई अभद्र व्यवहार गर्छन् ती वित्तीय अराजकहरुलाई अदालतमै मुद्दा हालेर कस्टडीसम्म पुर्याउनु पर्यो, अनि ठिक ठाउँमा आउँछन् ।’ बिडारीले आफू र आफ्नो पार्टी पीडितको पक्षमा रहेको बताउँदै भने,‘मेरो पार्टी माओवादी केन्द्र तपाइहरुको साथमा छ, कसैले नीतिसंगत विषयमा पनि तापईहरुविरुद्ध लाग्छन भने म उनिहरुको कुरा मान्दिन, तर म सधै तपाईहरुकै साथमा रहने छु ।’

अधिवक्ता कृष्ण शर्माले राज्यका विभिन्न संयन्त्रहरु प्रयोग गरेर पीडितहरुलाई वित्तीय संस्थाहरुले थप पीडा दिएको बताउँदै भने,‘मध्ययुगिन सामन्तहरुले नयाँ रुप धारण गरेर गरिब जनताहरुलाई शोषण गरिरहेका छन् ।’ शर्माले त्यस्तो खाले अन्यायको विरुद्ध आफ्नो सधै साथ रहने बताउँदै, थप संघर्षलाई जोड दिनुपर्नेसमेत सुझाए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले ३६ महिनादेखि आन्दोलनरत रहँदै गर्दा अर्धनग्न अवस्थामा महिला दिदी–बहीनी तथा दाजुभाई आफ्नो न्यायका लागि उत्रिएको तर कसैले नसुनेको भन्दै रोष व्यक्त गरे । 

समितिका युवा तथा संस्कृतिक विभाग प्रमुख रमेश सेन्चुरीले लघुवित्तको नाममा देशभर व्याप्त आर्थिक शोषण, उच्च व्याजदर, असमान ऋण वितरण र जबर्जस्ती असुलीको अन्त्यका लागि राज्यको स्पष्ट नीति आवश्यक रहेको जनाउँदै  १३ बुँदे मागपत्र पनि सार्वजनिक गरेका थिए ।

कार्यक्रममा आन्दोलनका संरक्षक अगस्त अधिकारी, वित्तीय उत्पीडनविरुद्धको महिला संजालकी केन्द्रीय इन्चार्ज धनकुमारी विकलगायत प्रदेश संयोजक मानसिंह विक, क्षेत्रबहादुर मोक्तानसहित विभिन्न जिम्मेवारीमा रहेका अभियान्ता र पीडितहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार