मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

दोलखाको भिमेश्वर पाखलतीमा दुई सय महिलाहरुको पाठेघर जाँच

Ujyalosandeshonline 11564+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

दोलखा । दोलखाको भिमेश्वर नगरपालिका–२ पाखलतीस्थित स्वास्थ्य चौकीमा स्थानीय दुई सय महिलाहरुको पाठेघर जाँच तथा परामर्श साथै सर्जिकल क्यान्सर सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ ।समाजसेवी दिपमणि राजभण्डारीको पहलमा रोटरी क्लब अफ ओकल्याण्ड र रोटरी क्लब अफ बयरा अमेरिकाको सहयोगमा स्वास्थ्य जाँच गरिएको हो ।

नेपाली कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठका अनुसार जनस्वास्थ्य सरोकार ट्रष्ट (पीएचइसिटी)को प्राविधिक सहयोग र काडमाण्डु मोडेल अस्पतालका बरिष्ठ विशेषज्ञ डाक्टरहरुहरुको सहयोगमा ३० देखि ६० बर्ष उमेर समूहका महिलाहरुको निशुल्क जाँच गरिएको हो ।

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने अत्याधुनिक प्रविधिसहित स्वास्थ्य जाँच गराउन पाउँदा स्थानीय महिलाहरु खुशी भएको वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बताए ।

नेपालका अस्पतालहरुमा अत्याधुनिक उपकरणहरु उपलब्ध गराउन भूमिका निर्वाह गर्दै आएका समाजसेवी राजभण्डारीकै अगुवाइमा गतबर्ष  रोटरी क्लब, ओकल्याण्ड क्यार्लिफोनिया अमेरिकाको सहयोगमा पीएचइसिटी अन्तरगत संचालित कीर्तिपुर अस्पताललाई महत्वपूर्ण स्वास्थ्य सामग्री एवम उपकरण निःशुल्क हस्तान्तरण गरिएको थियो ।

‘सर्भाइकल क्यान्सर स्क्रीनिङ एण्ड टेस्टिङ प्रोग्राम’मार्फत एचपिभी डिएनए टेष्ट ल्याब मेसिन हस्तान्तरण गरिएको थियो । सोही मेसिनका लागि आवश्यक पर्ने पीसीआर भ्याक्सिन (रिएजेन्ट केमिकल) सोहीबेला उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार