मुख्य समाचार
पेस्तोल र गोलीसहित दुई युवक पक्राउ | कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम | ध्वजा ध्वजा भएर सुक्न थाले धानखेती | स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य | भुटानी गृहमन्त्री छिरिङ र पर्यटनमन्त्री पौडेललाई स्वागत | पर्यटन प्रवर्द्धनका लागि दक्ष पथप्रदर्शक उत्पादन गर्नुपर्नेमा जोड | लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास | काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि | चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन | वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड |

सियारीमा पांचौँ राष्ट्रपति रनिङ्ग शिल्ड हुदैं

Ujyalosandeshonline 11647+ समाचार ( )
८ पौष २०८१, सोमबार

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । 

गाउँपालिका भित्रका सामुदायिक तथा सस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक तथा शारिरिक बिकासमा लिक्षत गरेर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । पुष ९ गते देखि १२ गते सम्म सियारी ५ पब्लिक माध्यमिक बिद्यालयमा हुने प्रतियोगिताको तयारी पुरा भएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।  

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिए ।

प्रतियोगितामा सियारी गाउँपालिका भित्रका २५ सामुदायिक, ६ सस्थागत र २ मदरसा सहित ३३ बिद्यालयको सहभागिता रहने छ । प्रतियोगिता अन्तरगत बिभिन्न विधामा खेल हुने छन् भने साहित्यिक बिधामा पनि प्रतिस्पर्धा हुने जनाईएको छ । 

प्रतियोगितामा खेल बिधा तर्फ दौड, भलिवल, कवड्डी, लङजम्प, हाइजम्प, ज्याभलिन थ्रो, गणित दौड हुने छन् भने साहित्य बिधा तर्फ चित्रकला प्रतियोगिता, निवन्ध प्रतियोगिता, नेपाली र अंग्रेजी हस्त लेखन, अग्रेजी हिज्जे, वत्तृत्वकला, हाजिरीजवाफ लगाएतका कार्यक्रम हुने छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार