मुख्य समाचार
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता | सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस | सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु |

बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त

Ujyalosandeshonline 11541+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० उपधारा (२०) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताए । 

२५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आउनुभएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसकेका छन् । 

नेपाल बार एसोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसकेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार