मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

विवाहको वहानामा चीनमा मानव बेचबिखन गर्ने महिला पक्राउ

Ujyalosandeshonline 11566+ समाचार ( )
९ जेठ २०८१, बुधवार

काठमाडौं । विवाहको वहानामा चीन पुर्याइ मानव वेचविखन गर्ने गरेको अभियोगमा नुवाकोटको किस्पाङ्ग गाउँपालिका १ ठेगाना भई चीनमै बस्दै आएकी ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२७ ठमेलबाट पक्राउ गरेको हो ।

मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाईफकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराएको खुल्न आएको छ । विवाहपश्चात पीडितलाई  २०८० वैशाख १ गते चीनमा पु¥याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

मनमायाले पीडितलाई नेपाली पाँच लाख रूपैयाँमा बेचबिखन गरेको समेत खुल्न आएको छ । पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा २०८० असार १ गते नेपाल फर्कन सफल भएका थिए । 

उनी उपर मानवबेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार