मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

उडिसा घटनाबारे मन्त्रालय गम्भीर रुपमा अध्ययन गरिरहेको छ : मन्त्री पन्त

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्यनरत नेपाली विद्यार्थी प्रिन्सा शाहको मृत्यु भएको घटनाप्रति मन्त्रालय गम्भीर भएर लागेको बताए । 

सोमबार शिक्षा उपसमितिको बैठकमा उनले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्व विद्यालय मा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको ति एजेन्सीहरुसँग बसेर घटनाको छलफल गर्न निर्देशन दिएको जानकारी दिए । 

उनले भने, ‘मैले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको छ, ति मान्छेहरु पत्ता लगाउनु र उनीहरुसँग एक पटक बसेर कसरी यस्तो घटना भयो छलफल गर्नुपर्यो भनेर निर्देशन पनि दिएको छु । यसमा काम भइरहेको छ ।’

यस्तै, यो घटना घट्ना साथ मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई तत्काल परराष्ट्रसँग समन्वय गरेर यस बारेमा विस्तृत जानकारी लिन निर्देशन दिएको भन्दै यस बारेमा मन्त्रालयले आवश्यक समन्वय पनि गरेको बताए । यसैगरि, विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो । उपसमितिले पाएको ३५ दिनको समयसीमा हिजो सकिएको थियो । अझै केही छलफल÷निर्णय बाँकी रहेको भन्दै उपसमितिले म्याद थप मागेको थियो । समितिका सभापति अम्मरबहादुर थापाले सोमबारको बैठकमा १० दिनको म्याद थपका लागि गरेको प्रस्ताव पारित भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार