मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमणमा

Ujyalosandeshonline 12676+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले पोल्याण्ड र युक्रेनको भ्रमणमा रहेका छन् । उनी पोल्याण्डको भ्रमण पूरा गरेर शुक्रबार युक्रेन जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । युक्रेन पुग्न मोदीले १० घण्टा लामो रेल यात्रा गर्ने छन् । 

सन् १९९२ मा भारत र युक्रेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हुनेछ । रुससँग चलिरहेको युक्रेन युद्धकाबीच सारा विश्वको नजर प्रधानमन्त्रीको यो भ्रमणमा छ । यसैबीच, संयुक्त राष्ट्र प्रमुखले प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणले युद्ध अन्त्य गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेर युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि पनि छलफल गर्ने बताइएको छ । झण्डै तीन दशकअघि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो युक्रेन भ्रमण हो । 

अमेरिकाले प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणलाई महत्वपूर्ण रहेको बताएको छ । त्यसअघि प्रधानमन्त्री मोदीले पोल्यान्डमा युद्ध समाप्त गर्नका लागि वार्ताको कूटनीति अपनाउनुपर्नेमा जोड दिएका थिए । उनले युक्रेन र पश्चिम एसियामा शान्ति प्रयासमा सहयोग गर्न भारत तयार रहेको बताए । युक्रेन र पश्चिम एसियामा शान्ति र स्थायित्वको प्रारम्भिक पुनर्स्थापनाका लागि मित्र राष्ट्रहरूलाई हरसम्भव सहयोग उपलब्ध गराउन भारत तयार रहेको प्रधानमन्त्री मोदीले बताएका थिए ।

वार्सामा पोल्यान्डका समकक्षी डोनाल्ड टस्कसँगको वार्तापछि सञ्चारमाध्यमसँग कुरा गर्दै मोदीले युक्रेन र पश्चिम एसियाको द्वन्द्व सबैका लागि गहिरो चिन्ताको विषय भएको बताएका थिए ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कार्यालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको राष्ट्रिय झण्डा दिवसको दिन अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्ने छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार