मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

मल व्यवस्थापनमा सरकार चिन्तित, २९ अर्ब बजेट विनियोजन: कृषिमन्त्री अधिकारी

Ujyalosandeshonline 11171+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

भैरहवा । कृषि तथा पशु विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मल उद्योग सञ्चालन गर्ने राज्यको प्रण हुनुपर्ने बताउनुभएको छ । उहाँले यसका लागि आफू मन्त्री बनेदेखि नै मन्त्रिपरिषद्मा कुरा राख्दै आएको जानकारी दिनुभयो । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले लगानी बोर्डले मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गरिरहेको र दुई महिनाभित्र निर्णय आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मल व्यवस्थापनमा आफू चिन्तित रहेको बताउँदै गत वर्ष २७ अर्ब छुट्याइएकोमा यस वर्ष मलखादका लागि करिब २९ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । नेपालमा १३ लाख टन मलको आवश्यकता भए पनि हाल साढे ४ लाख टन मात्र आपूर्ति भइरहेकोमा यसलाई बढाएर ८ लाख टन पुर्याउने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । देशभरका किसानको मल अभावको गुनासोप्रति आफू गम्भीर रहेको र समस्याबाट नभाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । किसानको छोरा भएकाले किसानका समस्याबारे आफू जानकार रहेको पनि उहाँले बताउनुभयो । उहाँले उखु किसानहरूलाई आन्दोलन नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्री अधिकारीले रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा नेपाली काँग्रेसले जित्नुपर्नेमा जोड दिनुभयो । काँग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार