मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

सिद्धार्थनगरको विकासका योजना एडीबीबाट स्वीकृत

Ujyalosandeshonline 11171+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरको विकासको लागि प्रस्ताव गरेको योजनाहरु एशियाली विकास बैंक (एडिबी) को बोर्ड बैठकले स्वीकृत गरेको छ ।
 
बैंकको केन्द्रिय कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै बैंकको शहरी लचिलोपन र जीवनयापन सुधार परियोजना अन्र्तगत सिद्धार्थनगरमा योजना संचालनका लागि नगरपालिकाबाट प्रस्तावित योजनाहरु स्वीकृत भएको जनाएको छ । 

दिगो पर्यटन प्रवद्र्धन गर्ने र स्थानीयवासीलाई गुणस्तरीय जीवनयापन प्रदान गर्ने जलवायु र प्रकोप प्रतिरोधी सहरहरुको निर्माण गरी स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन वितीय प्याकेज स्वीकृत गरिएको विज्ञप्तीमा उल्लेख छ ।

‘हामीले प्रस्ताव गरेको योजनाहरु एडिबीको बोर्ड बैठकले स्वीकृत गरेको जानकारी प्राप्त भएको छ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘अब थप प्रक्रियाहरु अगाडी बढाउँछौँ, परियोजनाले नगरको मुहार फेर्नमा मद्दत पुग्नेछ ।’

उनले आफुहरु नगरको विकासमा लागिपरेको र अन्य ठुल्ठुल्ला परियोजनाहरु समेत ल्याउनका लागि पहल गरिरहेको जानकारी दिए ।

परियोजना अन्र्तगत नगरपालिका क्षेत्रमा ‘इडब्लुसीडी’ मानक सहितको फुटपाथ, नाला, साइकल लेन, सडक निर्माण र डण्डा नदीलाई करिडोरको रुपमा विकास गरिनेछ । यसले हरियाली पार्क र खुला ठाउँहरु सहित सार्वजनिक क्षेत्रको समेत सौन्दर्यीकरण गर्नेछ । डण्डा नदीको किनारका जग्गाहरुमा आर्कषक पूर्वाधारहरु निर्माण गरिनेछ ।

बालबालिका, महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई समेत मध्यनजर गर्दै परियोजना अन्र्तगतका विकासका कार्यहरु हुने सिद्धार्थनगर नगरपालिकाका योजना प्रमुख इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले परियोजनाले नगरवासी लाभान्वित हुनुका साथै पर्यटन प्रवद्धन सहित अन्य क्षेत्रमा समेत टेवा पुग्ने बताइन् ।
  
‘यो परियोजनाले शहरी कोरिडोरहरुमा योजना र लगानी सुधार गर्न र दिगो आर्थिक वृद्धिलाई ड्राइभ गर्न सरकारको हालको राष्ट्रिय शहरी विकास रणनीतिलाई समर्थन गर्दछ । यसले नगरपालिका प्रशासनलाई सुदृढ गर्न र आधारभूत सेवा प्रवाहमा सुधार गर्न नेपालसँग एडीबीको दीर्घकालीन संलग्नतालाई पनि जारी राखेको छ’, एडीबीका वरिष्ठ सहरी विकास विशेषज्ञ लक्ष्मी शर्माको भनाईलाई उद्धत गर्दै विज्ञप्तीमा भनिएको छ, ‘एडीबीको सहयोगले सम्बन्धित नगरपालिकाहरुलाई जलवायु–अनुकूल शहरी पूर्वाधारको डिजाइन गर्न, पर्यटन सम्भावनाको विकास गर्न र उनीहरूको पूर्ण आर्थिक क्षमता र दिगो वृद्धि हासिल गर्न संस्थागत क्षमतालाई बलियो बनाउन मद्दत गर्नेछ ।’ 

रुपन्देहीमा सिद्धार्थनगर नगरपालिका सहित अन्य केही पालिकाहरुमा पनि एडीबीको सहयोगमा परियोजनाहरु संचालन हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार