मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |
मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |


नेपालमा छैन् २५ हजार भारुको बाध्यात्मक व्यवस्था

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
१६ माघ २०८१, बुधवार

भैरहवा । भारतीयहरु नेपाल छिर्दा २५ हजार रुपैया मात्र लिएर आउने पाईने अफवाहका कारण भारतीय पर्यटक मात्र हैन पर्यटन व्यवसायीहरुलाई पनि नराम्ररी छोएको छ । भैरहवा तथा यस आसपासमा राजनैतिक दलका नेताहरु मात्र हैन मन्त्रीहरु आउदा पनि २५ हजार भारतीय रुपैयाको प्रतिवन्ध हटाउन पर्यटन व्यवसायीहरुले आवाज उठाउदै आएका छन् । हुदा हुदा यो मुद्दाले संसद पनि तताएको थियो । सांसदहरुले २५ हजार रुपैयाका कानून संशोधनको माग गर्न संसदबाटै माग गरेका थिए । 

नेपालले पर्यटकमैत्री देश बनाउने हो भने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको पर्यटन व्यवसायीहरुले बताउदै आएका थिए । नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त सीमा उपयुक्त पनि हैन । 

अहिले पनि विभिन्न स्थानमा २५ हजार भारतीय रुपैयाको सीमा हटाउनु पर्ने माग हुदै आएको छ । तर नेपाल राष्ट्र बैंकले भने नेपालमा यस्तो बाध्यात्मक कानून कतै नरहेको स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सूचना अधिकारी जिवन प्रकाश पाण्डेले नेपालमा २५ हजार रुपैया भारतीय भन्दा बढी रकम ल्याउन नपाईने कतै उल्लेख नभएको बताए । 

पाण्डेले मिति २०७५/४/१ गते देखि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २९(क) को उद्घोषण गर्नुपर्ने सम्बन्धी व्यवस्थाका सन्दर्भमा कसैले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाक वा अन्य माध्यम मार्फत नेपाली रुपैया ५ हजार सम्म वा अमेरिकी डलर ५ हजार सम्म वा सो बराबरको अन्य विदेशी मुद्रा वा सो बराबरको धारक विनिमय अधिकार पत्र नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने गरी सीमा तोकिएको जानकारी दिए । 

यसले पनि भारतीयहरु नेपाल आउदा ५ हजार डलर बराबरको भारतीय रुपैया ल्याउन पाउने व्यवस्था सम्बोधन गरेको छ । यसलाई भारतीय मुद्रामा परिवर्तन गर्दा करिब ४ लाख ३२ हजार हुन्छ । अर्थात भारतीयहरु नेपाल आउदा यस बराबरको रकम घोषणा नै नगरि नगदै पनि ल्याउन सक्छन् । यसमा कुनै पनि प्रकारको कानूनी अवरोध गर्न नहुने पाण्डे बताउछन् । सो भन्दा बढी रकम ल्याउदा भने भन्सार कार्यालयमा त्यसको घोषणा गरि ल्याउन पाईने व्यवस्था रहेको उनि बताउछन् ।

भारतीयहरु नेपाल भ्रमणका लागि मात्र नभई सीमावर्ती नेपाली बजारमा ठूलो परिणाममा क्यासिनो खेल्न आउने गरेका छन् । भारतीयहरुलाई नै लक्षित गरि भैरहवामा पनि आधा दर्जन बढी क्यासिनोहरु सञ्चालनमा रहेका छन् । क्यासिनो खेल्न आउने भारतीयहरुलाई प्रहरीले यहि २५ हजारको त्रास देखाउने गरेको पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरुको थियो । राष्ट्र बैंकको यो स्पष्टोक्तीले उनिहरुलाई पनि अब राहत मिलेको छ । 

भारत सरकारले नोटबन्दी गर्दा नेपाल सरकार र भारत सरकारको संयुक्त पहलमा भारतमा काम गर्ने नेपालीले २५ हजार रुपैया सम्म सटही गर्न सक्ने व्यवस्था गरेको थियो । तत्कालीन समयमा भारतमा काम गर्ने नेपाली कामदारहरुको सहजताको लागि भारतीय ५ सय र एक हजारका नोटहरु पनि सटही गरिएको थियो । पछि नेपाल राष्ट्र बैंकमा जम्मा भएका र भारत सरकारले बन्द गरेका पाँच सय र एक हजार दरका भारतीय नोट नेपाल राष्ट्र बैंकले सटही गर्न पठाउदा भारतले सो नोटहरु साटेको थिएन । र यो व्यवस्थालाई सरकारले खारेज गरेको थियो । 

नोटबन्दीकै बेला तोकिएको २५ हजार भारुको अल्पकालीन व्यवस्था अहिले सम्म लागु भईरहेको थियो । 

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्कीले पर्यटकहरुलाई यस्ता साना तिना कुराहरुमा दुख नदिनु भनेर निर्देशन गरिएको बताए । “पर्यटकहरु नेपालमा पैसा खर्च गर्न आउने हुन, उनिहरुलाई यस्ता साना तिना कुराहरुमा अल्झाउनु हुदैन, सुरक्षित वातावरण दिनुपर्छ ।” उनले  भने “तर पर्यटककै आडमा हुण्डी लगायतको कारोबार गर्नेलाई भने छाडन् हुदैन ।”

५ हजार डलर बराबरको भारतीय मुद्रा ल्याउने पाईए पनि नेपालमा भने १ सय रुपैया भन्दा बढीको मुद्रा प्रतिवन्धित रहेको छ । भारतमा अहिले २ सय, ५ सय र २ हजारका नोट चलन चल्तीमा रहेको छ । नेपालमा भने एक सय रुपैया दरका मात्र नोटहरु बोक्न पाईने कानूनी प्रावधान रहेको छ । 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने यो व्यवस्थाले पनि भारतीय पर्यटकलाई सास्ती पाएको बताउछन  । उनले अहिले भारतीय मुद्रा २५ हजारको सीमा नरहेको जानकारी भए पनि सानो दरका मुद्रा ल्याउदा त्यसले असहजता ल्याउने र बोक्न पनि गाह्रो हुने गरेको बताए ।

“नेपालमा भारु ५ सय र २००० दरका नोट प्रतिबन्धित छ । यस विषयमा सरकार, राष्ट्र बैंकसँग पटकपटक छलफल गर्दा पनि सुधार हुन सकेको छैन,” उनले भने, “एकातर्फ हामी गुणस्तरीय पर्यटकका कुरा गरिरहेका छौँ । अर्कोतर्फ यस्तो निस्तेजको बाटो रोजिरहेका छौँ । यस्तो नीतिले पर्यटनको विकास हुन सक्दैन ।”

अहिले भ्रमण र क्यासिनो खेल्न मात्र नभई डेस्टिनेशन वेडिङ्गको लागि पनि नेपाली भारतीयहरुको प्रमुख रोजाईको केन्द्र बनेको छ । यस्तो अवश्थामा उनिहरुलाई प्रर्याप्त सुविधा दिई खर्च गर्न दिन सक्ने बाटो खोलिदिए यसले नेपालको पर्यटनको विकाससंगै अर्थतन्त्र सुधारमा महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरु बताउछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार