पाल्हीनन्दनकी उपाध्यक्षको पद गुम्यो, लुम्बिनीका मन्त्रीसहित ५ जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया सुरु

Ujyalosandeshonline 12434+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

नवलपरासी । नेपाली कांग्रेसको सिफारिसमा निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुन र पार्टीको निर्णयका आधारमा तीन जना जनप्रतिनिधिहरूको पद रिक्त भएको सूचना जारी गरेको छ। पद गुमाउनेहरूमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारी, जुम्ला गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा र रुपन्देही बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल रहेका छन् ।

निर्वाचित जनप्रतिनिधिले अन्य दलमा प्रवेश गरेमा वा दल विरोधी गतिविधि गरेमा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयका आधारमा पद रिक्त हुने कानुनी व्यवस्था अनुसार आयोगले यो कदम चालेको हो। यसैबीच, दल विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नवलपरासीबाट लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीसहित कुल ४३ जना नेता-कार्यकर्तालाई कारबाहीका लागि कांग्रेस केन्द्रमा सिफारिस गरिएको छ। यसरी कारबाहीका लागि सिफारिस हुनेहरूमा ६ जना निर्वाचित जनप्रतिनिधिहरू समेत समेटिएका छन्। पार्टीको निर्णय विपरीत कार्य गर्नेहरूमाथि दलको विधान र कानुनी प्रावधान अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार