मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास

अनिल नेपाली 141+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा सञ्चालित ३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम सम्पन्न भएको छ । चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत जिल्लाका १५ जनालाई छनोट गरी उक्त तालिम प्रदान गरिएको हो ।कार्यालय प्रमुख दुर्गा न्यौपानेका अनुसार तालिमका लागि जिल्लाभरबाट ७७ जनाको आवेदन परेको थियो । जसमध्येबाट १५ जनालाई छनोट गरी तालिममा सहभागी गराइएको हो ।

यस तालिमले शिक्षण पेशामा आबद्ध हुन चाहनेहरूका लागि उपयोगी हुनुका साथै बालबालिकाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो । साथै, यसबाट उद्यमशीलताको विकास हुँदै महिलाहरूलाई स्वरोजगार बन्नसमेत सघाउ पुग्ने विश्वास कार्यालयले लिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै वक्ताहरूले सिकेको सीपलाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतार्न र व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरेका थिए ।

समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु बेल्बासे, सन्धिखर्क नगरपालिका–१ का वडाध्यक्ष माधव श्रेष्ठ र पत्रकार महासङ्घ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणि भुसाललगायतले मन्तव्य राख्दै प्रशिक्षार्थीहरूलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरूको तर्फबाट मन्जु भुसाल र सिर्जना केसीले आफ्नो सिकाइ अनुभव सुनाएका थिए भने कार्यक्रमको सञ्चालन घरेलु कार्यालयका कर्मचारी हुमबहादुर बिकले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार