मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

Ujyalosandeshonline 12674+ समाचार ( )
२ अशोज २०८१, बुधवार

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै असल संविधान भएको बताएका छन् । बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई  सम्बोधन गर्दै उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताएका हुन् ।

उनले  भने, ‘यो  संविधान अहिलेको  अवस्थामा असल मध्येको असल संविधान हो,  हामीले  एउटा असल  संविधान  बनायौं, यो संविधानमा केही कमीकमजोरी छैन भनेर भन्न सकिँदैन तर सबै कुरा ठिक छ भनेर पनि भन्न सकिन्न्, किन भने सम्पूर्ण केही पनि हुँदैन, सर्वगुण सम्पन्न केही पनि हुँदैन, जिव होस् या अमृत चिज होस् सम्पूर्ण गुण सम्पन्न हुँदैन तर यो संविधान असल मध्येको संविधान हो । हाम्रो नेपालको लामो संवैधानीक र राजनीतिक यात्राको अनुभवबाट  यो संविधानको  उत्पत्ती भएको  हो ।’

यस्तै, उनले नेपालको संविधान कान्छो संविधान भएको भन्दै यसले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको बताए ।

उनले भने, ‘२००४ सालदेखी प्रारम्भ भएर ६८ वर्षपछि हामी २०७२ सालमा पुग्यौं, यो  बीचमा हामीले ६ वटा संविधानहरु बनायौं, एउटा अन्तरिम संविधान बाहेक अरु सबै  ५ वटा संविधान कुनै न कुनै  रुपमा कि त असफल भए कि त असफल पारिएँ, त्यो अनुभवको जगमा हामीले यो संविधानको निर्माण गर्यौ, हाम्रो संविधान कान्छो संविधान हो, संसारमा जति पनि बनेका संविधानहरु छन्  त्यो मध्ये  नेपालको संविधानले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गर्यो ।’

साथै, उनले नेपालको संविधानले समावेशी चरित्रको राज्य निर्माण गर्ने आयाम सिर्जना गरेको बताए ।

उनले यो संविधानले संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको एउटा नयाँ आयाम सिर्जना गरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार