मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

नेपालीहरु आफ्नै देशमा सुरक्षित छैनन : पूर्वप्रमुख आयुक्त उपाध्याय

Ujyalosandeshonline 11171+ समाचार ( )
१२ माघ २०८१, शनिबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न नसकेको बताएका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय सुरक्षा सभामा बोल्दै उनले खुला सिमानाको कारण नेपालीहरु आफ्नै देशमा असुरक्षित रहेको भन्दै त्यसमा सरकारको ध्यान नगएको बताएका हुन् । 

उनले भने,‘भारतसँग खुला सिमाना छ भनेर गर्व गरिन्छ । विशेष व्यवस्था पनि हो यो । हाम्रो अवस्था चाहीं कस्तो छ भने सुरक्षा भन्ने चिज नै छैन् । प्रष्ट के छ भने नेपालमा कति विदेशी बस्छन्, कहिलेदेखि बसेका छ्न, भारतीय कति छन्, तीनको छोराछोरी कहिलेसम्म बस्छन् सरकारलाई केही अत्तोपत्तो छैन् । ज्यान सुरक्षित छैन् । कुनैपनि मानिस जुनबेला पनि मारिन सक्छ । मारिएको पनि छ । तर मार्ने मानिस नेपाली होइनन् । त्यसैले हामी आफ्नै देशमा सुरक्षित छैनौं ।यो सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न सक्दैन् ।’

त्यस्तै उनले सरकारले नागरिकको सुरक्षालाई भन्दापनि पर्यटन विकासको बारेमा मात्र सोचेको भन्दै पर्यटन ठूलो कि देश ठूलो भन्दै प्रश्न गरे । दक्षिणतिरको सिमाना जबसम्म खुला रहन्छ तबसम्म नेपाली स्वतन्त्र नहुने उनको भनाई छ । 

उनले भने,‘दक्षिणतिरको सिमानामा नियमन हुनुपर्छ । जो पनि आएकै छ, सरकारले धेरै मान्छे आउन अनि हाम्रो पर्यटन विकास हुन्छ भन्छ । पर्यटन ठूलो कि देश ठूलो ? दक्षिणतिरको सिमाना जबसम्म खुला रहन्छ तबसम्म हामी स्वतन्त्र हुँदैनौं । भनाई मात्र स्वतन्त्र हो । कुनै पनि बेला कुनै पनि भारतीयले आएर मार्दिन सक्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार