ग्यास आपूर्ति सहज बनाउन आयल निगमलाई ध्यानाकर्षण

Ujyalosandeshonline 12428+ समाचार ( )
७ अशोज २०८३, बुधवार

रुपन्देही। ग्यास बिक्रेता महासंघ, लुम्बिनी प्रदेशले ग्यासको नियमित तथा सहज आपूर्ति र वितरणको माग गर्दै नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवाडीमा ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघले उद्योगहरूले आधिकारिक बिक्रेतामार्फत मात्र ग्यास वितरण गर्नुपर्ने, सिलिन्डरको धरौटी मूल्यमा एकरूपता कायम हुनुपर्ने, बिक्रेताको कमिसन वृद्धि गर्नुपर्ने र धरौटी रकम फिर्ताको व्यवस्था मिलाउनुपर्ने माग अघि सारेको छ। ज्ञापनपत्र बुझ्दै निगमका प्रादेशिक प्रमुख इन्जिनियर शैलेन्द्र भुषालले बिक्रेताहरूका माग तथा देखिएका समस्याबारे सजग रहेको र आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार