मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


भीम अस्पतालमा स्वास्थ्य बिमा : बिरामीलाई सुविधाभन्दा सास्ती धेरै

Ujyalosandeshonline 11540+ समाचार ( )
२४ मंगशिर २०८२, बुधवार

भैरहवा । सरकारले नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम भैरहवास्थित भीम अस्पतालमा भने बिरामीका लागि सुविधाभन्दा बढी सास्तीको विषय बनेको छ । लाखौँ नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउन सुरु गरिएको यो महत्त्वाकाङ्क्षी कार्यक्रम अस्पतालको फितलो व्यवस्थापन र झन्झटिलो प्रक्रियाका कारण सेवाग्राहीका लागि बोझ बन्दै गएको गुनासो व्यापक बढेको छ ।

अस्पतालमा बिमा सुविधा प्रयोग गरी उपचार गराउन आउने बिरामीहरूले भोग्नुपर्ने मुख्य समस्या लामो लाइन र पालो कुर्नुपर्ने बाध्यता हो । बिहानैदेखि लाइनमा बस्दा पनि दिउँसोसम्म पालो नआउँदा बिरामीहरू थकित हुने र अझ बढी अस्वस्थ महसुस गर्ने गरेका छन् । उपचारका लागि आएकी भैरहवाकी राम कुमारी विश्वकर्माले बिहानैदेखि लाइनमा बस्दा पनि पालो नआएको गुनासो गर्दै सामान्य उपचारका लागि पनि यति धेरै समय कुर्नुपर्दा घरमै बस्नु जाती हुने तीतो अनुभव सुनाइन् । यस्तो सास्ती भोग्नुपरेपछि बिमा सुविधाको औचित्यमाथि नै उनले प्रश्न उठाएकी छिन् ।

स्वास्थ्य बिमाको अर्को महत्त्वपूर्ण पक्ष तोकिएको औषधि निःशुल्क पाउनु हो, तर भीम अस्पतालमा चिकित्सकले सिफारिस गरेका कतिपय अत्यावश्यक औषधिहरू नै उपलब्ध नहुने गरेको पाइएको छ । अस्पतालको फार्मेसीमा औषधि नभएको भन्दै बिरामीलाई बाहिरका महँगा निजी फार्मेसीबाट औषधि किन्न बाध्य पारिने गरेको छ । सेवाग्राही कमला नेपालका अनुसार बिमा कार्ड हुँदाहुँदै पनि ल्याब परीक्षण र महँगा औषधिका लागि खल्तीबाटै रकम तिर्नुपर्ने अवस्था छ । डाक्टरले लेखेको औषधि बाहिर किन्नुपर्ने भएपछि बिमाको के अर्थ भन्दै उनले आर्थिक अवस्था कमजोर भएकाहरूलाई यसले थप मारमा पारेको बताइन् । पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाखसम्मको उपचार सुविधा पाउने व्यवस्था भए पनि मुटु, क्यान्सरजस्ता जटिल रोगका लागि यो रकम अपुग हुने र निदानमै सकिने हुँदा विपन्न नागरिक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था विद्यमान छ ।

सेवा लिनका लागि आवश्यक पर्ने कागजी प्रक्रिया र कर्मचारीको व्यवहारले पनि बिरामीलाई थप पीडा दिएको छ । सामान्य सेवाका लागि पनि धेरै काउन्टर चाहार्नुपर्ने र हरेक चरणमा लामो समय बिताउनुपर्ने बाध्यता छ । त्यसमाथि सेवाग्राहीको भीड व्यवस्थापन गर्ने क्रममा कतिपय कर्मचारीको बोलीचाली र व्यवहार रुखो हुने गरेको गुनासो पनि सेवाग्राहीले गरेका छन् । यद्यपि, भीम अस्पतालले उपलब्ध गराएको तथ्याङ्कअनुसार सेवा लिनेको सङ्ख्या भने उल्लेख्य छ । गत आर्थिक वर्षमा ५३ हजार ४ सय ५१ जनाले सेवा लिएका थिए भने चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म नै हजारौँको सङ्ख्यामा बिरामीले बिमा सुविधा लिएका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनन्त प्रसाद शर्माले भने अस्पतालप्रति विपन्न मात्र नभई हुनेखाने वर्गको पनि विश्वास बढ्दै गएकाले बिरामीको चाप थाम्न मुस्किल भएको बताएका छन् । उनले सीमित जनशक्तिका कारण लाइन लामो हुने गरेको स्वीकार गर्दै यसलाई सुधार्ने प्रयास भइरहेको दाबी गरे । औषधि अभावको सन्दर्भमा शर्माले स्वास्थ्य बिमा बोर्डबाट समयमै शोधभर्ना रकम नआउँदा फार्मेसीका लागि औषधि खरिद गर्न आर्थिक समस्या परेको र स्टक गर्न गाह्रो भएको प्रस्ट्याए । तर, अब छिट्टै औषधी खरिदका लागि टेन्डर आह्वान गर्न लागिएको र यो समस्या चाँडै समाधान हुने उनको भनाइ छ । गरिब तथा विपन्न नागरिकको सहारा बन्नुपर्ने स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थापकीय कमजोरीका कारण हाल भीम अस्पतालमा भने बिरामीका लागि सकसपूर्ण बनेको देखिन्छ ।

प्रतिक्रिया

Devendra pandey २४ मंगशिर २०८२, बुधवार

अत्यत सकारात्मक समाचार।

Devendra pandey २४ मंगशिर २०८२, बुधवार

अत्यत सकारात्मक समाचार।

Devendra pandey २४ मंगशिर २०८२, बुधवार

अत्यत सकारात्मक समाचार।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार