मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘कांग्रेस र एमाले मिल्दा देशमा खुसीयाली’

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस  र एमाले मिल्दा देशमा खुसीयाली आएको बताएका छन् । बिहीबार  पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सुरुमा पार्टीका सबै साथीहरु चिन्तित भएपनि अहिले आएर पार्टीका नेता मात्र नभइ देशमा नै खुसी ल्याएको बताएका हुन् । 

उनले  भने,  ‘हिजो एमाले र माओवादी मिल्दा पार्टीका सबै साथीहरु चिन्तित थिए, डराइरहेका थिए ।साथीहरुको भावनाअनुसार मैंले एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौं । सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ । दुई  वर्षपछि  उहाँले प्रधानमन्त्री छोड्ने सहमती भएको छ । साथसाथै दुईवटा पार्टीको बीचमा जुन सहमति भएको छ त्यसले मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो अरु पार्टी सिध्याउने कुरा गर्नुभएको छैन । सबैलाई मिलाएर लैजान चाहन्छौं । हामीबीच भएको सहमतिले देशभर खुशी ल्याएको छ ।’

साथै उनले पार्टी छोडेर गएकाहरु पुन पार्टीमा फर्किन थालेको बताए । उनले पार्टीलाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताउँदै सचेत रहन पार्टी पदाधिकारीहरुलाई अग्रह गरे । उनले दुई पार्टी मिलेपछि अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार