मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

साफ महिला च्याम्पियन सिप कार्तिक १ गतेदेखि सुरु

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ अशोज २०८१, मङ्गलबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो कार्तिक १ देखि साफ महिला च्याम्पियन सिप २०२४ आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियन सिप २०२४ आयोजना गर्न लागेको जानकारी दिएको हो । 

प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । हाल २७ जना खेलाडीहरु एन्फाको बन्द प्रशिक्षणमा सहभागी छन् ।

एन्फाले प्रतियोगिताको लागि टिकेटिङ्गअधिकारको लागि सुचना जारी गरिसकेको छ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएकोछ ।

प्रतियोगिताको अनुमानित बजेट रु ४,००,६०,८०० (३,०८,१६० अमेरिकीडलर) रहेको छ । नेपालीहरुको महान् चाडबडादशैं २०८१ को सबै पत्रकारहरुलाई शुभकामना व्यक्त गर्दै यस प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्ने एन्फाले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार