मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

माैलिक सांस्कृतिक परम्पराको पुस्तान्तरण जरुरी : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11171+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ । अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले माैलिक परम्परा र संस्कृतिहरू क्रमशः ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

`हाम्रा माैलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौं देखी मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,´ उहाँले भन्नुभयो-`युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।´

हरितालिका तीजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका नाममा विकृतिलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिनुभयो ।`चाडपर्व मनाउने नाममा विकृतिलाई प्राेत्साहन गर्ने प्रवृत्ति बढ्दैछ, यस्ता विकृतिहरुलाइ निरुत्साहित गर्नुपर्ने साझा जिम्मेवारी हाे´उहाँले भन्नुभयाे-`माैलिक कला, संस्कृतिकाे संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।´

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार