मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री

Ujyalosandeshonline 11540+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा सम्वद्र्धन, भूगोल एवम स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

सोमबार हिमालयन संवाद कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरुको रक्षा र सम्वद्र्धन, भूगोल एवम स्वाधिनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरुको रक्षा गरेर अगाडि बढ्छौं ।’

साथै उनले नेपाल प्राकृतिक रुपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्व दिनुपर्ने पनि बताए । उनले प्रकृतिका हिसावले अगाडि भएपनि विकास निर्माणका पक्षहरुमा नेपाल पछाडि नै रहेको बताए ।

उनले भने, ‘प्रकृतीको प्रदूषणलाई स्वच्छ बनाउने, सफा पार्ने  आफ्नै  खालको मेकानिजम छ । प्रदूषण भयो भने सफा गर्दै लगिन्छ । जबसम्म पृथ्वी रहन्छ तबसम्म दुनियाँमा आरामको जिन्दगी बाँच्न पाउन भन्ने कुरा सोच्न जरुरी छ । प्रकृतिमा धनी छौं, त्यसकारण अन्तर्राष्ट्रिय सम्बन्ध धेरै महत्वपूर्ण छ । हामी विकासमा अलि पछाडि छौं । आज आएर पछाडि परेको होइन्, इतिहासदेखि नै पछाडि पारियो ।’

यसैगरी ओलीले देशमा सामन्ती शासनले गर्दा शिक्षालाई बन्देज गरिएकाले देश विकासमा पछि परेको बताए । उनले ३०÷३२ वर्ष नेपाललाई अलि नयाँ युगतिर अगाडि बढाउँदै लगिरहेको समेत बताए ।

उनले भने, ‘हाम्रो आफ्नै देशमा सामन्ती शासन भयो । जसले शिक्षालाई बन्देजको  विषय बनाइदियो । महिलाहरुलाई चुलोचौकोमा मात्र बस्नुपर्ने, बर्को ओडेर जीवन कटाउनुपर्ने, हाँस्न, कसैसँग बोल्न नपाइने जस्ता सामन्ती प्रणाली भएकाले सम्पूर्ण  स्रोतहरुलाई कब्जा गरियो ।  जनताका बारेमा कुनै  शासकले सोचेनन् । जसका कारण नेपाल गरिब भयो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार