मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

धकधइमा एटीएम फोड्ने दुई जना प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 12441+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

भैरहवा । प्रहरीले रुपन्देहीमा एटीएम तोडफोड गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ। असोज ६ गते दिउँसो करिब साढे ४ बजे रोहिणी गाउँपालिका-३, धकधई बजारमा रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एटीएम तोडफोड गरेको आरोप प्रहरीले लगाएको छ ।

पक्राउ पर्नेमा रोहिणी गाउँपालिका-६ का २५ वर्षीय सुरज चौधरी र सोही गाउँपालिका-२ का २२ वर्षीय बिन्दु बानिया रहेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले बताए । एटीएम फोडे पनि सो मा रहेको रकम भने चोरी नभएको कार्कीले जानकारी दिए । 

एटीएम फोडेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले घटनामा संलग्न दुबै जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कार्कीले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार