मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

‘पुजार सार्की’ हेर्न राष्ट्रिय दलित आयोगको आव्हान

Ujyalosandeshonline 12676+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

काठमाडौं । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली फिल्म ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान गरेका छन् । आयोगले निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो फिल्म हेर्न सबैलाई आह्वान गर्ने बताएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा फिल्म सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको रहेको जनाएको छ ।

विज्ञप्तिमा फिल्मले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले फिल्म हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन सबैमा अनुरोध गरिएको छ । ‘अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र अन्य कानुनद्वारा समेत वर्जित मानिएको जातीय छुवाछुत, भेदभाव तथा बहिष्करणबाट सिर्जित परिस्थितिको अन्त्य गर्नु सबै सभ्य मानिसहरूको कर्तव्य हो । मानव मानवका बिच अन्तर घुलनका लागि स्वैच्छिक जोडीहरूको विवाहलाई प्रोत्साहन र संरक्षण गर्न जरुरी छ’, पत्रमा भनिएको छ ।

पत्रमा अगाडि भनिएको छ, ‘चलचित्र ‘पुजार सार्की’मा देखाइए जस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ । शिक्षित र सभ्य मानिसहरूलाई यो गम्भीर प्रश्न पनि हो । सभ्य मानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यता हो । चलचित्र ‘पुजार सार्की’ले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ । नेपालका जातीय रूपमा अपमानितहरूले वरण गरिरहेका शब्दहरू आफै अङ्गीकार गर्ने सन्देश चलचित्रले बोकेको छ । यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको छ । यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन राष्ट्रिय दलित आयोगको तर्फबाट सबैमा अनुरोध गर्ने सन्देश यहाँ समक्ष पठाइएको ब्यहोरा अनुरोध छ ।’

फिल्मका लेखक बिकास सुवेदीले राज्यको कुनै निकायले नेपाली फिल्मलाई यसरी सम्बोधन गरेको पहिलो पटक भएको बताए । फिल्मका निर्देशक दिनेश राउतले यो फिल्म बनाउँदा केवल व्यावसायिक उद्देश्य मात्रै नराखी दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि निर्माण भएको बताए । ‘यो फिल्म दलित मुक्तिको आन्दोलनको एक हिस्सा हो । यसलाई हामीले नेपालका हरेक बस्तीमा पु¥याउने छौँ। संसारभरका नेपालीमाझ पनि पु¥याइरहेका छौँ’, उनले भने ।

फिल्मले गत बुधवार राजधानीमा विशेष शोको आयोजना गरेको थियो । फिल्म हेर्न प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, प्रतिनिधि सभा सदस्यहरू ठाकुर गैरे, निशा डाँगी, शान्ति परियार, हर्कमाया बिक, प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियार, राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष मन्जित ताम्राकार, पूर्व खेलकुद मन्त्री तथा दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित सिर्पाइली, पूर्व राजदूत पदम सुन्दास, दलित नागरिक समाजका अध्यक्ष मोतीलाल नेपाली, प्राज्ञ तथा चलचित्रकर्मी महेश गोदार, दलित अधिकारकर्मी चक्रमान विश्वकर्मा, संविधानसभा सदस्य तथा दलित मुक्ति मोर्चाका इन्चार्ज परशुराम रम्तेल पुगेका थिए । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतको प्रमुख अभिनय रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार