मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

दुई दशकदेखि अलपत्र दुम्किबास–त्रिवेणी सडक: दाउन्नेको विकल्प खोज्दै सांसद र स्थानीय

Ujyalosandeshonline 12437+ समाचार ( )
१६ वैशाख २०८३, बुधवार

नवलपरासी । दुई दशकदेखि निर्माण कार्य रोकिएको दुम्किबास–त्रिवेणी सडकखण्डलाई पूर्णता दिन नवलपरासीका जनप्रतिनिधि र स्थानीय बासिन्दाले सरकारसँग माग गरेका छन्। पूर्व-पश्चिम राजमार्गको जोखिमपूर्ण दाउन्ने खण्डको दीर्घकालीन र छोटो विकल्प मानिएको यो सडक कानुनी र वातावरणीय जटिलताका कारण लामो समयदेखि अलपत्र अवस्थामा छ।

प्रतिनिधिसभा सदस्य मनिष खनालले बुटवल–नारायणगढ सडक विस्तारमा भइरहेको ढिलाइ र दाउन्ने खण्डमा भोग्नुपर्ने कष्टकर यात्राको विकल्पका रूपमा यो 'लाइफलाइन' सडकलाई तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्। वि.सं. २०६२ सालमै धार्मिक गुरु कमलनयन र स्थानीयको सक्रियतामा सुरु भएको यो सडकमा तत्कालीन जिल्ला विकास समितिले करोडौँ लगानी गरिसकेको छ। करिब १५ वर्षअघि नै १८ किलोमिटर ट्रयाक खोलिएको भए पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले युनेस्को र विश्व वन्यजन्तु कोष सहित ५ वटा अन्तर्राष्ट्रिय निकायका कानुनी प्रावधानका कारण निर्माण कार्य ठप्प भएको हो।

राज्यको संरचना फेरिएसँगै सुस्ताको केही भाग गण्डकी प्रदेशमा गाभिएपछि यहाँका बासिन्दालाई आफ्नै गाउँपालिका वा प्रदेश राजधानी जान लुम्बिनी प्रदेशको बर्दघाट र दाउन्ने खण्ड पार गर्नुपर्ने बाध्यता छ। गण्डकी प्रदेशलाई भारतसँग जोड्ने प्रमुख नाका त्रिवेणीमा भन्सार कार्यालय स्थापना गरिए पनि सडक सञ्जाल नहुँदा त्यसको प्रभावकारिता देखिएको छैन। "यदि वातावरणीय समस्या थियो भने सुरुमै करोडौँ खर्च गरेर ट्रयाक किन खोलियो?" भन्दै स्थानीयले राज्यको समन्वय अभावमाथि प्रश्न उठाएका छन्।

सांसद विक्रम खनालले पनि दाउन्नेको जाम र दुर्घटनाबाट आजित जनताका लागि यो सडक अपरिहार्य रहेको भन्दै राज्यको लगानी खेर जान नदिन कानुनी गाँठो फुकाउनुपर्ने बताए। यस्तै, सांसद खनालले वातावरणीय र अन्तर्राष्ट्रिय सन्धिको सम्मान गर्दै 'इको-फ्रेन्डली' मोडेलमा भए पनि सडक निर्माण गरी त्रिवेणी धामको धार्मिक पर्यटन र आर्थिक विकासलाई गति दिनुपर्ने धारणा राखेका छन्। स्थानीयले निकुञ्जको संरक्षण गर्दै पर्यावरण मैत्री प्रविधि अपनाएर यो रणनीतिक मार्गलाई यथाशीघ्र पूर्णता दिन संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार