मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

प्राज्ञिक विद्यार्थी परिषद्को कोशी प्रदेश समिति चयन

Ujyalosandeshonline 11540+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । आज झापाको दमकमा भएको परिषद्को चौथो प्रदेश अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनका क्रममा विभिन्न विषयसँग सम्बन्धित सुझाव संकलन तथा छलफल भएको थियो । 

अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा) लाई निर्वाचित गरेको छ । यस्तै सचिवमा जितेन लोहार (धनकुटा), उपाध्यक्षमा इन्द्र रावत (भोजपुर),  फुरी शेर्पा (सोलुखुम्बु), रत्न श्रेष्ठ (धनकुटा) र युवराज गुरागाईँ (इलाम) लाई निर्वाचित गरेको छ । 

सहसचिवमा मुना विष्ट (सुनसरी), नरेश ताजपुरीया (मोरङ), प्रविना राई (ओखलढुङ्गा) र कृष्ण गिरी (भोजपुर) निर्वाचित भएका छन् । यसैगरी कोशी प्रदेश छात्रा प्रमुखमा पुजा ढुङ्गाना (तेह्रथुम), सह–छात्रा प्रमुखमा जयन्ती पाख्रिन (सुनसरी) निर्वाचित भएका छन् भने जनजाति कार्य प्रमुखमा नगेश कुलुङ राई (सङ्खुवासभा) निर्वाचित भएका छन् ।

यस्तै, व्यवस्था प्रमुखमा मनिप ओझा (मोरङ), मिडिया प्रमुखमा मोहन ढकाल (भोजपुर) निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा अभिषेक पोखरेल (मोरङ), भावना गुरुङ (मोरङ), मौसम राई (मोरङ), मनिता ढकाल (भोजपुर), लिला गौतम (ओखलढुङ्गा), चन्द्र कुमार कार्की (धनकुटा), जनक रसाइली (सोलुखुम्बु), सुरेन्द्र मेहता (सुनसरी), निरोज ठाकुर (सुनसरी) र सन्देश राई (सङ्खुवासभा) निर्वाचित भएका छन् । 

अधिवेशनको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए । उनले परिषद्ले हरेक क्षेत्रमा सकारात्मक कार्य गरिहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । अधिवेशनमा दुई सय प्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार