मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

नेकपा एसद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा, राज्य नालायक बनेको आरोप

Ujyalosandeshonline 11169+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यतालिकासहित कार्यक्रम घोषणा गरेका हुन् ।

कार्यक्रम सार्वजनिक गर्दै उनले सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै गएको कारण सडक अराजक र पपुलिष्ट हुँदै गएको पनि उनको आरोप छ । 

उनले भने,‘सत्ता केन्द्रीत नाजायज गठबन्धनकोे राजनीतिले मुलुकको समस्या समाधान गर्न सक्दैन् । राज्य नालायक बन्दै जान्छ, राज्यको नालायकीले सामाजिक असन्तुष्टिलाई बढाउँछ, नालायक राज्यले शक्ति प्रयोग गर्न थाल्छ र अस्थिरताका शक्तिहरू, पुराना साम्प्रदायिक र पपुलिष्ट तत्त्वहरूले त्यस असन्तुष्टिलाई उत्तेजक बनाउँदै लै  जान्छन् । आज मुलुकमा त्यही भइरहेको छ । सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै छन् । सडक अराजक र पपुलिष्ट हुँदै गएको छ ।’

उनले यस्तो अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्मसमीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भइसकेको बताए । 

आन्दोलनको पहिलो चरणमा चैत्र १ गते पत्रकार सम्मेलन, चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल,चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन,चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने,चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने,वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन,वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने रहेको छ । साथै वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार