मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

राज्यमन्त्री चौधरीद्वारा मायादेवि मन्दिरको अवलोकन भ्रमण

Ujyalosandeshonline 12433+ समाचार ( )
१० मंगशिर २०८१, सोमबार

लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री अरुणकुमार चौधरीले सोमबार बुद्वजन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । 

मन्त्रि चौधरीले  मायादेवि मन्दिरको भ्रमणसंगै  मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको जानकारी तथा अवलोकन गरेका हुन्।   

मन्त्री चौधरीले पुरातात्त्विक क्षेत्रको संरक्षणको बिषयमा चासो राखेका थिए । उनले लुम्बिनीमा आध्यात्मिक वातावरण निर्माण गर्न लाग्नु पर्नेमा जोड दिए ।

राज्यमन्त्री चौधरीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका हुन् । 

राज्यमन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका चौधरीलाई उपाध्यक्ष डा. लामासंगै कोषाध्यक्ष ढुण्डिराज भट्टराई, बोर्ड सदस्य श्याम रोका, योजना प्रमुख स्मिता भट्ट,बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सुचना अधिकृत राजन बस्नेत  लगायतले स्वागत गरे । 

उक्त अवसरमा उपाध्यक्ष डा. लामाले बृहत लुम्बिनी क्षेत्रमा भइरहेको पुरातात्त्विक क्षेत्रको संरक्षण र अन्य कार्य प्रगतिको जानकारी गराएका थिए । उपाध्यक्ष लामाले सरकारले नितिगत निर्णय गर्न सके लुम्बिनीमा पैसाको अभाव नहुने बताए ।

यस्तै कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीमा पर्यटकको संख्या वढिरहेको जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार