मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

कांग्रेसमा महिला महामन्त्री र उपसभापति अनिवार्य गरियोस उर्मिला थपलिया

Ujyalosandeshonline 11171+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टी विधानमा एक महामन्त्री वा एक उपसभापति निर्वाचित गर्ने व्यवस्था अनिवार्य गर्न प्रस्ताव गरेकी छिन् । 

कांग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आफ्ना भनाइ राख्दै थपलियाले पार्टी तल्लो संरचनादेखि केन्द्रीय समितिमा महामन्त्री वा उपसभापति पदमा अनिवार्य निर्वाचित हुनुपर्ने प्रस्ताव अघि सारेकी हुन् ।

‘राजनीतिमा महिलाहरुको उल्लेख्य सहभागिता र आकर्षण बढेपनि ‘उप’ मै सिमित राख्ने परिपाटी तोड्न जरुरी छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा पनि प्रमुख÷उपप्रमुखमा एक जना महिला अनिवार्य त गरियो तर प्रमुखमा महिलाहरुको सहभागिता दुई प्रतिशत पनि छैन् । तर अब कांग्रेसले विधान संशोधन गरेर नयाँ अभ्यास सुरु गर्नुपर्छ । पार्टीका सबै संरचनामा एक महामन्त्री वा उपसभापति अनिवार्य निर्वाचित गर्ने व्यवस्था राखौं,’उनले भनिन् ।

उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुख समेत रहेकी थपलियाले भ्रातृ एव शुभेच्छुक संस्थाहरुले समयमै अधिवेशन गर्न नसक्दा संगठनको गतिविधिमा सुस्तता आएको उल्लेख गर्दै प्रत्येक दुई÷दुई बर्षमा अधिवेशन गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव दिइन ।

उनले भनिन्,‘भ्रातृ एव शुभेच्छुक संस्था आफुले अधिवेशन गर्न सक्दैनन् भने सम्बन्धित जिल्ला, क्षेत्र, प्रदेश वा केन्द्रका सभापतिले आफैं तोक्नसक्नुपर्छ र संगठनलाई चलायमान बनाउनुपर्छ ।’ बैठकमा थपलियाले विभागबाट चाँडै नै व्यवसायी एवम उद्यमीहरुको राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी गराइन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार