Gen-Z अर्घाखाँचीद्वारा बागी खोला सरसफाइ, समाजमा स्वच्छताको सन्देश

Ujyalosandeshonline 11543+ समाचार ( )
२५ अशोज २०८२, शनिबार

अर्घाखाँची । Gen-Z अर्घाखाँची समूहले आज बागी खोलामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। समाजमा स्वच्छता, एकता र सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ आयोजित यस कार्यक्रमको नेतृत्व भागवत भुसालले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी युवाहरूले खोलामा फालिएका फोहरहरू संकलन गरी वातावरण सफा र सुन्दर बनाउने प्रतिबद्धता जनाएका छन्। Gen-Z अर्घाखाँची समूहले आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय सचेतनाका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने बताएको छ। यसअघि समूहले सडकका खाल्डाहरू मर्मत गर्ने कार्य पनि गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार