मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

ओमसतिया–२ मा १०१ परिवारलाई विद्युतीय चुल्हो

Ujyalosandeshonline 11566+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर २ को कार्यालयले वडावासीहरुलाई विद्युतीय चुल्हो उपलब्ध गराएको छ। ऊर्जा क्षेत्रबाट कार्बन उत्सर्जन न्यूनीकरणका साथै स्वच्छ ऊर्जाको प्रयोगबाट वातावरण संरक्षणमा टेवा पुर्याउने समेतको उद्देश्यसहित वडावासीहरुको माग अनुसार विद्युतीय चुल्हो उपलब्ध गराइएको ओमसतिया गाउँपालिका-२ का वडाअध्यक्ष सितल जिटीले बताए।

उनका अनुसार ६० प्रतिशत अनुदानमा वडाका एक सय एक जनाको परिवारलाई विद्युतीय चुल्हो उपलब्ध गराइएको हो। ‘वडा कार्यालयले वडामा पूर्वाधार लगायतको विकाससँगै हामी स्थानीयहरुको माग अनुसार विद्युतीय चुल्हो समेत उपलब्ध गराएकोमा खुशी छौं’,स्थानीय बालकिसुन साहनीले भने, ‘अरु पालिकामा जस्तै कमसल, कामचलाउ कम्पनीको सामग्री होला भन्ने लागेको थियो तर पाएपछि थाहा भयो ब्राण्डेड कम्पनीको चुल्हो रहेछ।’

उनले विद्युतीय चुल्हो प्रयोगले थोरै भएपनि वातावरण संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले कार्यालयबाट जारी सूचना अनुसार आफुले चुल्हो प्राप्तिका लागि कार्यालयमा निवेदन दिएको बताए । ‘हामीले खाना पकाउनका लागि एलपिजी ग्याँसको प्रयोग गछौं जसकारण मुलुकबाट वार्षिक अर्बौ रुपैयाँ समेत बाहिरिँदैछ’, वडाअध्यक्ष जिटीले भने, ‘विद्युतीय चुल्होको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्नुका साथै मुलुकबाट बाहिरिने रकममा थोरै भएपनि कमी आउने विश्वासका साथ पनि वडावासीहरुलाई चुल्हो उपलब्ध गराइएको हो।’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पनि विद्युतीय चुल्हो प्रवर्द्धन गर्ने अभियान चलाउँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार