मुख्य समाचार
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु |

मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ

Ujyalosandeshonline 12448+ समाचार ( )
४ असार २०८३, बिहीबार

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले  विपद् व्यवस्थापन तथा पूर्वतयारीका सम्बन्धमा शून्य मानवीय क्षतिको पक्षमा मन्त्रालय रहेकाले सोहीअनुसार कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको हो ।   

देशका बाढीपहिरो एवं प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पहिचान गरी नीति तथा कार्यक्रम अघि बढाउन निर्देशन दिँदै उहाँले भन्नुभयो, “एकीकृत सोचका साथ राहत उद्धारमा संलग्न निकायबीच सहयोग र सहयकार्य गरी जनधनको क्षति कम गर्नेगरी काम हुन आवश्यक छ । विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् ।”बैठकमा गृहमन्त्री गुरुङले परम्परागत कार्यशैलीबाट माथि उठी काम गर्न निर्देशन दिँदै भन्नुभयो, “हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौं, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन । अब यो प्रवृत्ति सुधार्दै विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनेतर्फ सम्बद्ध सबैपक्षको ध्यान जान आवश्यक छ ।” 

विगतमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरूपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले असान्दर्भिक एवं अनधिकृत पदाधिकारीले हेलिकप्टरमा भ्रमण गरेर राज्यको सम्पत्ति दुरुपयोग गर्ने छुट अब कसैलाई पनि नरहेको स्पष्ट गर्नुभयो । उहाँले हेलिकप्टर चढेर राज्यको सम्पत्ति दुरूपयोग गर्ने पक्षमा आफू नरहेको स्पष्ट गर्दै राहत तथा उद्धारमा संलग्न सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने बताउनुभयो । सो बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखसहित विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार