मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

रासस 550+ समाचार ( )
१३ कार्तिक २०८२, बिहीबार

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भन्नुभयो, “कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नं १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएका थिए ।”

कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।     

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार